दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा समस्या, अझै पाउन सकेन किसानले भुक्तानी


एलएन गच्छदार

मङ्सिर १८ गते / सुन्दरहरैंचा

दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा समस्याले झण्डै ६ महिना बितिसक्दा किसानले आफ्नो भुक्तानी रकम पाउन सकेको छैन। खुल्ला सिमानाका कारण भारतबाट सस्तो मुल्यमा दुग्ध भित्रिदा गोदामै दुग्धजन्य पदार्थ थन्किएको अवस्थामा रहेको किसानको गुनासो छ ।

कृषि बिमा , पशु बिमा , अनुदान सहजरुपमा अझै पाउन नसक्दा किसान मारमा छन। दुग्धको लागत मुल्य भारतमा भन्दा नेपालमा बढ्दो छ। छिमेकी मुलकबाट दुग्धजन्य पदार्थ भित्रदा किसानले दुग्ध उत्पादन लागत घटाउने अवस्थामा पुगेका छन।

जिल्ला दुग्ध सहकारी संघ तेह्रथुमका अध्यक्ष बुद्धिमान खुलालका अनुसार दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या हुँदा किसान यतिबेला मारमा छन । किसालाई अझै भुक्तानी दिन नसकेको अवस्था छ, देशको अर्थतन्त्र रेमिटेन्सले चलेको अवस्था छ। पहिलेको भन्दा अहिले लागत मुल्य नघट्दा दुग्ध किसान समस्या र पिडामा रहेको खुलालको भनाई छ।

कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकाल अनुसार सरकारले तोकेको मुल्य किसानले पाएको छैन भने देशको आर्थिक मन्दीको अवस्था कारण संकलन केन्द्रले संकलन गरेको दूध प्रशोधन गर्ने डेरी उधोगले लिने बतावरण बनाउन सकेको छैन।

दूध प्रशोधन गर्ने डेरी उद्योगले दुध संकलन केन्द्रलाई समयमा भुक्तानी अझै हुन नसक्दा किसान थप मारमा परेका बताए । ढकालका अनुसार चिस्यान खर्च, विधुतमा छुट नभएको, इन्धन महंगो, ज्याला महगो आदी वढि हुने, संकलनको लागी ढुवानी साधनको अभाव सहुलियत कृषि कर्जा नियमति र सहज हुनुपर्ने भनाइ छ। उधोगबाट उत्पादित १२ करोड दुग्धजन्य पदार्थ अझै बिक्री हुन सकेको छैन जेष्ठ महिना देखी गोदामै थन्किएको बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ