तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम समापन

तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम समापन
पथरी शनिश्चरे समाचारदाता, जेठ-१५ गते
मोरङको पथरी शनिश्चरे नगरपालिकाकाे सहकार्य तथा आदर्श सर्भिस सेन्टर प्रा लि. को आयोजनामा तीन दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।
उक्त तालिममा सहभागी ३० जना पथरी शनिश्चरे वडा नं १ भित्रका बिभिन्न आदिवासी जनजाति समुदायका युवा युवतीहरुलाई आदिवासी जनजाति महासङ्घ ( फोनिज) उपाध्यक्ष अर्जुन जम्नेली राई , संचारकर्मी केशव निरौला र लोक सागर साम्बाले सहजीकरण गर्नुभएको थियो।
पथरी शनिश्चरे नगरपालिका, १ नं वडाको कार्यालयको सहकार्यमा उक्त कार्यक्रम संयोजक अर्जुन जम्नेली राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष भीम कुमार राई, आदिवासी जनजाति महासङ्घ पथरीशनिश्चरे अध्यक्ष देवेन्द्र वनेम,
सुनाखरी माध्यमिक विद्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा सुनाखरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कुमार राई, सोहि विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार राई , पथरी बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गुरुङ , समाजसेवी लक्ष्मी श्रेष्ठ, मीना भुजेल , आदर्श सर्भिस सेन्टरका अध्यक्ष मौराम लिम्बु,लगायतले सहभागीलाई तालिममा लिएको ज्ञानलाई जीवनोपयोगी बनाउन शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *