लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीद्वारा ठडिया आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

सुन्दरहरैंचा / मोरङ
लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीले सुन्दरहरैंचा नगरपालिका–७ स्थित ठडिया आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। जाडोयामलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रम सामाजिक सेवाको उदाहरणीय पहलका रूपमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीका अध्यक्ष अनुरोध साहले शिक्षा र बालबालिकाको संरक्षणमा लायन्स क्लब सधैं सक्रिय रहँदै आएको बताए। उनले विपन्न तथा आवश्यकता भएका विद्यार्थीहरूलाई लक्षित गर्दै गरिएको न्यानो कपडा वितरणले बालबालिकालाई अध्ययनमा सहजता र आत्मविश्वास प्रदान गर्ने उल्लेख गरे।
अध्यक्ष साहले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय समुदाय, विद्यालय तथा अभिभावकसँग सहकार्य गर्दै बालबालिकाको उज्ज्वल भविष्यका लागि क्लब क्रियाशील रहने बताए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, तथा लायन्स क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले क्लबको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *