डा. महावीर पुन पूर्वाञ्चल पब्लिक स्कुलमा सम्मानित

सुन्दरहरैंचा/ जेष्ठ १ गते

एलएन गच्छदार

मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनलाई विशेष सम्मान गरिएको छ।

डा. पुन किताब बिक्री कार्यक्रम अन्तर्गत स्कुलमा पुग्दा विद्यालय परिवारले राष्ट्रका लागि पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई सम्मान गरेको हो।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष राईले डा. पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए।

“डा. पुनले देशको वैज्ञानिक उन्नतिका लागि जुन समर्पण देखाउनु भएको छ, त्यो सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत हो,” राईले भने।

किताब बिक्री कार्यक्रमबाट प्राप्त आम्दानी राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगस्वरूप प्रदान गरिने स्कुलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *