सभ्य समाजको निर्माण गर्न दुर्व्यसनी बिरुद्ध आमाहरु

सभ्य समाजको निर्माण गर्न दुर्व्यसनी बिरुद्ध आमाहरु

एलएन गच्छदार
सुन्दरहरैंचा

इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय हरैंचाको संयुक्त आयोजनामा लागु औषध दुर्व्यसन रहित समाजको परिकल्पनाका साथ दुर्व्यसन कर्ताहरुलाई निरुत्साहित गर्ने उद्धेश्यले दुर्व्यसन बिरुद्द आमाहरु कार्यक्रम सम्पन्न गरेको छ। सुन्दरहरैंचा नगरपालिका वडा १ र २, ग्रामथान गाउँपालिका वडा ६ र ७, सुन्दरहरैंचा उधोग बाणिज्य संघ तथा हरैंचा मोडेल सेकेण्डरी इंगलिस स्कुलको संयुक्त समन्वयमा आमाहरुसंग सो लागुऔषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरेको हो ।

शुक्रबार हरैंचाको सामुदायिक भवनमा जिल्ला प्रहरी कार्यालय मोरङ, सामुदायिक प्रहरी सेवा केन्द्रको समेत सहकार्यमा प्रहरी नायब निरीक्षक अनिल भुजेलले सहजीकरण गर्नु भयो । सुन्दरहरैंचा नगरपालिका नग उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसनी बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन भएको थियो ।

उपप्रमुख चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै लागुऔषध दुर्व्यसनलाई निरुत्साहित गरी स्वस्थ्य, सुखी परिवार र समुन्नत समाज निर्माण गर्नको लागि “दुर्व्यवसन बिरुद्ध आमाहरु” कार्यक्रमको प्रंशसा गर्दै कार्यक्रम उपलब्धिमुलक भएको बताउनुभयो ।

त्यसैगरी मोरंग प्रहरी प्रमुख एसपी नवराज कार्कीले वालबालिकाहरुसंग वढी समय आमाहरुले बिताउने हुँदा उनिहरुको वानी व्यहोरामा आएको परिवर्तन सहजै आमाहरुले महसुस गर्ने भएकोले आमा समुहलाई अगुवा बनाएर यस किसिमको कार्यक्रम प्रभावकारी हुने बिषयमा जोड दिनुभयो । व्यक्तिगत तथा पारिवारिक समस्या, अपहेलाना र साथीभाईको लहलहैमा लागेर युवाहरु लागुऔषधको कुलतमा फस्ने गरेकोले यस्तो अवस्था आउन नदिन आमाहरु नै जागरुक हुनु पर्ने बताउनु भयो ।

पुर्व प्रहरी उपरीक्षक विध्यानन्द माझीले कार्यक्रमलाई सम्बोधन गर्दै लागुऔषधको प्रयोगले व्यक्तिगत जीवन, पारिवार र समाजलाई असर पर्‍याउनुका साथै अपराधका घटनाहरु समेत बढाउने भएकोले यसलाई नियन्त्रण गर्न कार्यक्रमले प्रभाबकारी भूमिका खेल्ने भन्दै जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा प्रहरी सामुदायिक सेवा केन्द्र स्थापना गरेर समाजमा लागु दुर्व्यसनी र अपराधिक घटना न्यूनीकरणमा मदत पुग्ने बताउनु भयो।

नेपाल प्रहरीले लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रण गरी युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन संचालनमा ल्याएको “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रम स्वागत योग्य रहेको बताउदै सुन्दरहरैंचा उधोग बाणिज्य संघका अध्यक्ष नारायण कार्कीले यस्ता कार्यक्रममा उधोग बाणिज्य संघको सदैव साथ र सहयोग रहने वताउनु भयो ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिमल्सिनाले घर समाजको गुरु आमा नै हुन् , भन्दै यसका लागि संस्कार युक्त शिक्षा दिन आवश्यक रहेको बताउदै अभिभावकले बालबालिकासंग समय दिन आवश्यक रहेको बताउनु भयो। सभ्य समाजको निर्माण गर्न घरबाट नै दुर्व्यसनी बिरुद्ध आभियान थाल्नु बिषयमा जोड दिनु भयो।
“दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरी कोशी प्रदेश अन्तर्गत रहेका पालिका र वडा स्तर सम्म कार्य समिति गठन गरी कार्यक्रम संचालन गरिरहेको छ।

कार्यक्रममा बेलबारी इलाका प्रहरी कार्यालयका प्रमुख तथा निरीक्षक कृष्ण बहादुर खत्रीले उपस्थित सबैलाई धन्यवाद गर्नुभयो। कार्यक्रममा शिक्षाप्रेमी रुद्र थापा, आश्रय सुधार केन्द्रका प्रमुख सेवक खत्री, वडा अध्यक्ष राम बिश्वास, स्थानीय तथा छिमेकी पालिकाका जनप्रतिनिधि नागरिक समाज, आमा समुह, संघसंस्थाका प्रतिनिधिहरु, जेष्ठ नागिक, संचारकर्मी, महिला सजाल, युवा समुह, स्थानिबासीहरु समेतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ