प्रथम रविदानन्द चाैधरी स्मृति कप भेट्रान फुटबल प्रतियाेगिता हुने

माेरङकाे ग्रामथान गाउँपलिकामा प्रथम रविदानन्द चाैधरी स्मृति कप भेट्रान फुटबल प्रतियाेगिता हुने भएको छ ।

शनिबार ग्रामथान गाउँपालिका वडा -६ नेताचोकमा रहेको आफ्नै कार्यालयमा आयोजक टाइगर क्लबले प्रेस मिट गर्दै जानकारी दिए।

शिक्षासेवी रविदानन्द चाैधरीकाे स्मृतिमा लिग कप नक आउट प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष मुक्ती गच्छदारले जानकारी गराउदैं ४० वर्ष नाघेका खेलाडीकाे प्रतिभालाई उजागर गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको बताए ।

सो प्रतियोगिता असाेज २९ गते देखि ग्रामथान गाउँपालिकाको वडा ७ गणेश माविकाे खेल मैदानमा शुरू हुनेछ भने पत्रकार सम्मेलनमा सहभागी टिमवीच लक्की ड्र गरिएकाे थियो । लक्की ड्र अनुसार उद्घाटन खेल आयोजक नेताचाेक टाईगर क्लव र विराटनगर युनाइटेडवीच हुनेछ । कात्तिक ६ गते सम्म चल्ने प्रतियोगितामा ८ वटा टिमकाे सहभागिता रहनेछ ।

प्रतियोगितामा आयोजक नेता चाेक टाईगर क्लव, रंगशाला भेट्रान , विराटनगर युनाइटेड, चर्च इसाई युनाइटेड इटहरी, वराह भेट्रान बराहक्षेत्र, बाेराबाध भेट्रान बेलबारी, विराट भेट्रान क्लव विराटनगर चाेक र जनता भेट्रान सुनसरी वीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष गच्छदारले जानकारी दिए ।

प्रतियोगितामा ५ लाख ५५ हजार खर्चको हुने अनुमान गरिएकाे छ । सो प्रतियोगिताको फाइनल खेलमा विजेता टोलीले ३१ हजार र उपविजेता टोलीले २१ हजार, ट्रफी मेडल पाउनेछ्न।

फाइनल खेलको म्यान अफ द म्याचलाई ७ हजार, बेष्ट प्लयर र बेष्ट किपरलाई ५ हजार र हरेक खेलकाे म्यान अफ द म्याचलाई १ हजार नगद र ट्रफि प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *