सुन्दरहरैंचा जेष्ठ नागरिक समाजको माता सम्मान कार्यक्रम
सुन्दरहरैंचा जेष्ठ नागरिक समाज वडा -३ को आयोजनामा लक्ष्मी नारायण मन्दिर स्थित जेष्ठ नागरिक सभाहलमा माता सम्मान कार्यक्रम सम्पन्न भएको छ। ९ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसी अर्थात आमाको मुख हेर्ने १ दिन अगावै मंगलबार माता सम्मान कार्यक्रम गरियो ।
नगर प्रमुख केदारप्रसाद गुरागाईंले कार्यक्रमको उदघाटन गर्दै सम्बोधन गर्ने क्रममा नेपाली संस्कृति अनुसारको संस्कार प्रत्येक घरमा दिन आवश्यक रहेको भन्दै संस्कारयुक्त शिक्षा दिन सके मात्र आफ्ना सन्तति बाबुआमा प्रति उतरदायित्व हुने धारणा राख्नु भयो। पढेर मात्र होइन ब्यबहारमा उतार्दै सामाजिक शिक्षा मार्फत समेत पठनपाठन भैरहेको उल्लेख गर्नुभयो।
२ सय आमाहरुलाई मिठाई, फलफुल तथा उपहारमा दिएर आमहरुको सम्मान गरेको कार्यक्रम संयोजक रिता दाहालले बताउनुभयो।

आमाको महत्वलाई सम्मान जति गरे पनि त्यो आजको दिनमा कमिनै हुन्छ । तर पछिल्लो समय बिभिन्न संघसंस्थाले पनि आमाहरुको सम्मानमा कार्यक्रम आयोजना गरि आजको दिनलाई थप सार्थक बनाउनु पर्ने लायन्स क्लब अफ गछियाका अध्यक्ष मातृका चापागाईंले बताएका छन । सबै आमाहरुको माता तिर्थ औंसीको दिन सम्झेर फेसबुक पोस्ट गरेर मात्र होइन सहि व्यबहार र सम्मान गर्नु पर्ने चापागाईंले बताउनु भयो।
वडाकै २ जना जेष्ठआमा ९१ वर्षीया तुलसा दाहाल र ७९ वर्षीया सोनावति थारुलाई नगर प्रमुख गुरागाईंले दोसल्ला ओठाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । जेष्ठ नागरिक समाजले प्रत्येक वर्ष माताहरुलाई सम्मान सहित भोजन गराउने कार्यक्रमलाई निरन्तर्ता दिएको संस्थाका अध्यक्ष भिम बहादुर कार्कीले जानकारी दिनुभयो।
