जग्गा पास गर्नु पर्ने सपना समेत आगोले खरानी, १ करोड भन्दा बढी क्षति

एलएन गच्छदार

सुन्दरहरैंचा / बैशाख २६ गते , मंगलबार


माता तिर्थ औंसीको दिन ६० वर्षीया टेक बहादुर कार्की आफ्नो घरमा सुतिरहेको थियो। करिव बिहान ११ बजे घरमा दनदनी आगोको मुस्लो देखेपछी छिमेकी बलभद्र सुवेदीले गुहार गर्दै घटना स्थल पुगे। आगो धुरीमा पुगिसकेको थियो। घरभित्र टेक बहादुर कार्की सुतिरहेको थियो तल वस्तु चौपाया आगोले नष्ट भैसकेको थियो। सुबेदीले गुहार गर्दै कार्की ब्युझिदा माथिल्लो धुरीमा आगो भेटेपछि , घरका कुनै बस्तु निकाल्न सकेन तर कार्की घरबाट निस्कन सफल भयो।

यो घटना हो मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -३ आमजुङ्गीको । यतिबेला कार्की परिवारमा नसोचेको अपत्यारिलो घटना घट्यो, क्षण भरमै घर र घरमा भएका सबै सामान स्वाहा भयो ।
जेठो छोरा सन्तोष कार्कीको अर्को दिन जग्गा पास गर्नु पर्ने सपना समेत आगोले खरानी बनाइदियो। जग्गा पास गर्नका लागि बुवासंग ७ लाख र छोरा सन्तोषको १९ लाख गरी २६ लाख समेत आगोले खरानी बनाइदियो । नगद सहित एक करोडभन्दा बढी क्षति भएको बताउदै सोचेको सपना आगोले ध्वस्त पारिदियो।
स्थानीय वडा अध्यक्ष बिदुर डुंगनाले बारुण यन्त्रलाई फोन गरेपछि सुन्दरहरैंचा, बेलबारी नगरपालिका र इटहरी उपमहानगरपालिकाको बारुण यन्त्र आएपछि गाउँका अन्य घरहरु जोगाउन सफल भयो।

बस्तु चौपाया, अनपात, ३ छोराबुहारी, नातिनातिनाका लताकपडा गरी ३० तोला सुन समेत आगोले भेटायो। परिवारका सदस्यले लगाएको लुगा र गहना बाहेक अरु केहि बाँकी रहेन कार्की परिवारमा। आगलागी बिधुत सर्ट भएर होकी के भएर भयो ? सन्तोषले थाहा नभएको जानकारी दिए ।

इलाका प्रहरी गछियाले समेत घरमा रहेको गरगहना, अन्य समान पत्ता लगाउन सहयोग गरेको थियो भने घटनाको बारे तत्काल जानकारी पाएका नगरप्रमुख केदार प्रसाद गुरागाईं पुगेर पिडित परिवारको पिडा मलम लगाउन पुग्नु भयो। तत्कालै नगरपालिकाले राहात सामग्री बितरण संगै स्थानीयले समेत सहयोग गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *