सुन्दरहरैचा नगर प्याब्सनद्वारा नव निर्वाचित केन्द्रिय समिति पदाधिकारीलाई बधाई
एलएन गच्छदार
सुन्दरहरैचा, मोरङ – निजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमिति पदाधिकारीहरूलाई प्याब्सन सुन्दरहरैचा नगर कार्यसमितिले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरूमध्ये केन्द्रिय उपाध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङ सचिव देबी सिटौला, सह-सचिव दिपेन राई, कार्यसमिति सदस्यहरू रुद्र थापा, तिलक राई तथा महाधिवेशन प्रतिनिधिहरू गोविन्द कार्की र दुर्गा घिमिरेलाई सम्मान तथा बधाई व्यक्त गरिएको हो।
सुन्दरहरैचा नगर प्याब्सनले उनीहरूको कार्यकाल सफल रहोस् भन्ने कामना गर्दै, नगर प्याबसन अध्यक्ष दिपक क्षेत्रीले निजि विद्यालयहरूको गुणस्तरीय शिक्षामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ। साथै, संगठनको संस्थागत विकास, शैक्षिक सुधार र निजी विद्यालयहरूको हकहित संरक्षणमा उनीहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने आशा गरिएको छ।
