सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय पुगे श्रीमान्

सुर्खेत । सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर श्रीमान् प्रहरी कार्यालय पुगेका छन्।मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्। प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

उनलाई प्रहरी कार्यालय जाँदै गर्दा पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको इप्रका इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएका हुन्।आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको अमरबहादुरले प्रहरीलाई बताएका छन्।  उनले घरमै श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार गरी छिनाएका थिए।प्रहरीले टाउको बाहेकको शव घरमै फेला पारेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *