लुमन्तिद्धारा संचालित कार्यक्रमको स्थलगत अनुगमन तथा बिपन्न परिवार आवास हस्तान्तरण कार्यक्रम

सुन्दरहरैंचा

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१२ मा रहेको युनिक बस्तिमा लुमन्तिद्धारा संचालित कार्यक्रमको स्थलगत अनुगमन तथा बिपन्न परिवार आवास हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा मोरङ जिल्ला समन्वय समितिका अध्यक्ष अजम्बर राई र नगरप्रमुख केदार प्रसाद गुरागाईंले संयुक्त रुपमा निर्माण गरेका आवास हस्तान्तरण गरेको हो।

लुमन्ति र स्याल्भिपको लगानी २१ लाख, सुन्दरहरैंचा नगरपालिकाको ७ लाख ५० हजार र उपभोक्ताबाट ८ लाख २८ हजार १३ रुपैयाँ ३३ पैसा गरी ३६ लाख ७८ हजार १३ रुपैयाँ ३३ पैसा अनुमानित लागत रहेको थियो ।
यूनिक टोल आवास निर्माण उपभोक्ता समिति गठन गरी आवास निर्माण कार्य सम्पन्न भएको हो।

१५ वटा घर निर्माण गर्न लक्ष्य लिएकोमा १७ वटा निर्माण सम्पन्न भएको लुमन्ति फिल्ड संयोजक लक्ष्मी राईले बताएकी छिन।

एक घर बराबर १ लाख ९० हजार लगानी गरेको छ भने आवास कार्यक्रम अन्तर्गत मापदण्डअनुसार लाभग्राहीले आफ्नो इच्छा निगरानीमा घर निर्माण गरेको भन्दै नगर प्रमुख गुरागाईंले लुमन्तिको सहकार्य मार्फत पेयबलको बाटो निर्माण समेत गरेको बताएका छन।

दुधे खोलाको किनारामा निर्माण सम्पन्न भएको आवास हस्तान्तरण कार्यक्रमले यहाँका स्थानीय बस्ती खुसि ब्यक्त गर्छन। झुप्रो घरमा बस्दै आएका जंगबीर बिश्वकर्माले घर पाएपछि सो नगरपालिका र लुमन्ति प्रति आफु सन्तुष्ट र खुसी भएको भन्दै अभार प्रकट गरे।

लुमन्ति, स्याल्भिप र नगरपालिकाको सहयोगमा नगरमा २०७९/८० को आर्थिक बर्षमा ५० वटा घर निर्माण सम्पन्न गरिसकेका छन।

उपभोक्ता समितिका सचिव रहेका सुनरलाल माझी समेत घर पाएपछि दंग छन तर खोला नजिकै आवास निर्माण भएपछि खोलामा एजिङ गर्न सके राम्रो हुने सुझाव दिन्छ्न।

सो वडा अध्यक्ष रोशन ढकालका अनुसार अति बिपन्न परिवारलाई १ बर्ष अघि शिलान्यास गरेर घर हस्तान्तरण गरेको भन्दै यो बस्तिका बालबालिकालाई शिक्षामा बढि
प्राथमिकता दिने बताए।

उक्त हस्तान्तरण कार्यक्रममा सुन्दरहरैंचा १ का वडा अध्यक्ष राम बिश्वास खवास, वडा ७ का अध्यक्ष भुवनसिंह आलेमगर, वडा ९ का अध्यक्ष प्रकाश श्रेष्ठ लगायत जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ