आज सिद्धार्थ सांगीतिक साँझ तेस्रोमा मेलिना राईको प्रस्तुति

नेपालको चर्चित गायिका मेलिना राईले आज शनिबार मोरंगको सुन्दरहरैचामा हुने सिद्धार्थ सांगीतिक साँझ तेस्रो कार्यक्रममा प्रस्तुति गर्ने भएकी छिन । सिद्धार्थ युवा क्लबले आयोजना गरेको सुन्दरहरैंचा नगरपालिका वडा ६ खोर्साङगेनीमा हुने सो कार्यक्रममा बेलुका ५ बजे देखि सुरु हुने आयोजकले जनाएको छ।

साथै प्रदेशकै चर्चित डान्स सेन्टर, ब्याण्ड र स्थानीय कलाकारको प्रस्तुति रहने साथै कुनै पनि टिकट शुल्क नलाग्ने क्लबका अध्यक्ष संजित राईले जनाएको छ। साथै उक्त कार्यक्रममा संघीय युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बुले कार्यक्रम उदघाटन गर्ने आयोजकले जनाएको छ। सो कार्यक्रममा पुर्व तथा वर्तमान राष्ट्रिय खेलाडी सम्मान रहने जनाएको छ।

क्लबले अतिबिपन्न परिवारलाई बिरामी हुँदा नि:शुल्क एम्बुलेन्स सेवा दिने, बिपन्न गरिव तथा जेहेन्दार परिवारलाई पढनका लागी छात्रवृत्ति बितरण , समाजिक कुरिति बिरुद्ध जनचेतना मुलक कार्यक्रम, लागु दुर्ब्यसनी बिरुद्ध सचेतना, बृक्षारोपण, स्वास्थ्य शिविर लगायत सचेतनामुलक कार्यक्रम क्लबले गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *