नेकपा ( माओवादी केन्द्र) सुन्दरहरैंचा नगरकमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

कार्तिक २२ गते

नेकपा ( माओवादी केन्द्र) सुन्दरहरैंचा नगरकमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

दशैं,तिहार, छैठ, नेपाल सम्वत लगायत सांस्कृतिक पर्वको अवसरमा चियापान सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको नगरकमिटी अध्यक्ष दुश्यान्त भट्टराईले जानकारी दिए।

सुन्दरहरैंचा नगरपालिकाको वडा -६ मा रहेको आदिवासी जनजाती भवनमा भएको कार्यक्रममा औपचारिक कार्यक्रम, चियापान, नाचगान तथा समापन कार्यक्रम रहेको थियो।


शुभकमना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रिय सदस्य रामकुमारी चौधरीले संसदको स्थिति गालिगलौज गर्ने थलो भएको धारणा राख्दै बैचारिकरुपमा धानखेतिको जस्तो हिलो छाप्ने काम भएको र यसमा प्रत्येक राजनीतिक दल जिम्मेवार हुनु पर्ने बताएकी छिन।

गणतन्त्र ल्याउने , अधिकार सुनिश्चित गर्ने कुरामा माओवादीले ठेक्का लिइदिनु पर्ने भन्दै माओवादी पार्टी झुटो नबोल्ने पार्टी भएको उल्लेख गर्दै भोट दिने बेलामा अकै पार्टीलाई भोट दिने अधिकार मओवादी संग माग्ने टिप्पणी गरेका छिन।

नगरप्रमुख केदार प्रसाद गुरागाईंले जाति भेषभाषा र संकृति बिच अनुन्याश्रीत सम्बन्ध रहेको भन्दै एकले अर्कोको भाषा र संस्कृतिलाई सम्मान गर्न सिक्नुपर्ने धारणा ब्यक्त गरेका थिए।

नगरकमिटी अध्यक्ष भट्टराईले समापन मन्तव्य व्यक्त गर्दै राजनीति भनेको समाजको सुधार र समृद्धि हो हाम्रा पर्वहरु पहिचानका रुपमा बिकास हुदै आएको भन्दै बिज्ञानको चमत्कारी युगमा बाचिरहेका हुदा प्रविधिसंग जुध्दै बिकासका गतिसंगै अघि बढ्नु पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *