सुन्दरहरैंचा नगरपालिकामा १० बजेपछि देउसी भैंलो खेल्न नपाइने

एलएन गच्छदार
कार्तिक २३ गते

सुन्दरहरैंचा नगरपालिकामा देउसी भैलो राति १० बजे सम्म मात्र खेल्न पाइने

नेपाली संस्कृति र परम्परा अनुसार उमङ्ग र हर्षोल्लासका साथ चाडपर्व मनाइरहँदा सुन्दहरैंचा नगरपालिकाले समाजको समग्र शान्ति सुव्यवस्था नै प्रभावित हुने गरी कानून विपरितका अवाञ्छित गतिविधि समेत हुन सक्ने भएको हुँदा नगरले सुचना जारी गरीएको छ।

नगरले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति १० बजेसम्म मात्र देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ।

पटका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थहरू पड्काउन र ओसारपसार नगर्न/नगराउन हुन सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गरेका छन ।

यदि कसैले यो सूचनाको अवज्ञा गरी कानून विपरितका कार्यहरू गरे, गराएको पाइएमा स्थानीय प्रहरी प्रशासनबाट प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *