दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सुरु, उद्घाटन खेलमा नाजारिन एफ.सी. विजयी

पथरी शनिश्चरे समाचारदाता , बैशाख -२० गते
दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८२ को उद्घाटन भएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा खेलकुद महोत्सवको उद्घाटन गरिएको हो ।
आज पथरी शनिश्चरे वडा नं. १ को पथरी रंगशालामा महोत्सवको उद्घाटन गरिएको थियो । सो प्रतियोगिताको अध्यक्षता आयोजक नगर खेलकुद विकास समिति पथरी शनिश्चरेका अध्यक्ष दीपक राईको रहेको थियो ।
यसैगरी उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), वडाध्यक्षहरु भीम राई, नैना राई, बिजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, शिक्षा शाखा प्रमुख एवं नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलाल, कार्यपालिका सदस्यहरु, सामाजिक व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नाजिरिन एफ.सी. विजयी
उद्घाटन खेलमा नाजारिन एफ.सी. विजयी भएको छ । नाजारिनले न्यू स्टार एफ.सी.लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । दुवै टिमबाट निर्धारित भएका गोल नभएपछि खेलको नजिता टाइब्रेकरबाट गरिएको थियो । खेलको म्यान अफ द म्याच नाजिरिन एफ.सी.का गोलकिपर एवं टिम क्याप्टेन बादल लिम्बु घोषित भए । भोलिको फुटबल खेल विशाल वाई एफ.सी. र सुनौलो कल्याण एफ.सी.बीच हुनेछ ।
नगर खेलकुद महोत्सव अन्तर्गत भोलि क्रिकेट प्रतियोगिता सुरु हुनेछ । जसअन्तर्गत टिम बक्राहा विरुद्ध टिम सेल्फी बीच विहान ९ बजे र टिम झुल्के विरुद्ध टिम डाँस मोरङ्गी बिच दिउँसो १ बजे खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *