सुन्दरहरैंचा नगरपालिकाको पूर्ण खोप सुनिश्चितता घोषणा

सुन्दरहरैंचा नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा तथा दिगोपनाको लागि प्रतिवद्ध भएर काम गर्ने भएको छ।

नेपाल सरकारको नीति अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत निःशुल्क उपलब्ध हुने सबै खोपहरु सम्पूर्ण बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र उपलब्ध गराई बालबालिकाहरुलाई स्वास्थ्य बनाउने राष्ट्रिय खोप सुनिश्चितता निर्देशिका बाट निर्देशित सम्पूर्ण प्रक्रिया पुरा गरी सुनिश्चितता भएको भएकोले सुन्दरहरैचा नगरपालिकाले आइतबार पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरेको छ।
प्रतिबद्धता पत्रमा नगर प्रमुख एवम् खोप समन्वय समिति केदार प्रसाद गुरागाईंले हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चितता वडा, नगर घोषणा गर्ने सम्पूर्ण प्रक्रियाहरु निरन्तर रुपमा सम्पन्न गर्दै उक्त निर्देशिका मर्म र भावना अनुसार यस कार्यक्रममा स्थानिय सरकारको अपनत्व र नेतृत्व विकाश गरि दिगोपना कायम गर्न स्थानीय सरकारको कार्यक्रममा समावेश गर्ने समेत प्रतिवद्धता जाहेर गरेका छन ।

नगर प्रमुख गुरागाईंले यस कार्यक्रमको निरन्तरता र दिगोपनामा यस स्थानीय तहका सम्पूर्ण क्षेत्र बाट विगत भै सक्रिय सहयोग र प्रतिवद्धता प्राप्त हुने अपेक्षा गर्दै सहयोगको लागी सबैमा आभार व्यक्त गरेका छन ।

साथै यस कार्यक्रमलाई सफल पार्न यस नगरपालिका भित्रका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी तथा सम्पूर्ण सरोकारवालाहरु बाट प्राप्त भएको साथ र सहयोगको लागी अभार प्रकट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *