४५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
असार ३१ गते
एलएन गच्छदार (मोरंग )
सुन्दरहरैंचा नगरपालिकामा कार्यरत ४५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । नगरपालिका भित्र रहेका सम्पुर्ण महिला स्वमसेविकालाई सहज यातायातका लागि साइकल वितरण गरिएको हो ।
सवारी साधनको अभावका कारण बस्ती बस्तीमा पुगेर स्वयंसेविकाहरूलाई स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन गाह्रो भएपछि साइकलको व्यवस्था गरिएको र सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन नसकेको भन्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने महिलाहरूलाई सम्मान स्वरुप नगरले साइकल वितरण गरेको हो । साइकल प्राप्त गरेका स्वसेबिका खुसि व्यक्त गर्दै नगरप्रति आभार समेत व्यक्त गरेका छन्।

नगरले उक्त अवसरमा २०७८ साल देखि सेवा गरेर बिदा भएका राष्ट्रिय महिला सामुदायिक स्वंमसेविका ६ जना लाई सम्मान समेत गरेका छन्। सम्मानित हुनेमा शोभा बस्नेत, कमलादेबी शर्मा , सितादेवी गुरागाईं, पाण्डव कुमारीसापकोटा, धनकुमारी रेग्मी र इन्दिरा कुमारी कटवाल रहेकी छिन।

साथै उक्त दिन सुन्दरहरैंचा नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा तथा दिगोपनाको लागि प्रतिवद्ध भएर काम गर्ने भएको छ।
नेपाल सरकारको नीति अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत निःशुल्क उपलब्ध हुने सबै खोपहरु सम्पूर्ण बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र उपलब्ध गराई बालबालिकाहरुलाई स्वास्थ्य बनाउने राष्ट्रिय खोप सुनिश्चितता निर्देशिका बाट निर्देशित सम्पूर्ण प्रक्रिया पुरा गरी सुनिश्चितता भएको भएकोले सुन्दरहरैचा नगरपालिकाले आइतबार पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरेको छ। खोज र खोप अभियान अन्तर्गत ९५ प्रतिशत खोप लगाउने लक्ष्य लिएकोमा ९२ प्रतिशत पुरा भएको स्वास्थ्य शाखा प्रमुख मच्छिन्द्र बस्नेतले जानकारी गराए।
प्रतिबद्धता पत्रमा नगर प्रमुख एवम् खोप समन्वय समिति केदार प्रसाद गुरागाईंले हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चितता वडा, नगर घोषणा गर्ने सम्पूर्ण प्रक्रियाहरु निरन्तर रुपमा सम्पन्न गर्दै उक्त निर्देशिका मर्म र भावना अनुसार यस कार्यक्रममा स्थानिय सरकारको अपनत्व र नेतृत्व विकाश गरि दिगोपना कायम गर्न स्थानीय सरकारको कार्यक्रममा समावेश गर्ने समेत प्रतिवद्धता जाहेर गरेका छन ।
