वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयका अनोज लामिछाने प्रथम

एलएन गच्छदार

मंसिर २२ गते / सुन्दरहरैंचा

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा १० खोर्सानेमा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयको तर्फबाट अनोज लामिछानेले प्रथम स्थान हासिल प्राप्त गरेका छन् ।

‘राष्ट्रको आर्थिक विकासमा सहकारीको भूमिका’ नामक बिषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो भने सुन्दरहरैंचा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू बीच नगर स्तरीय प्रतियोगितामा ८ बिधालयका १६ जना विधार्थीले भाग लिएका थिए । त्यसैगरी सुकुना बहुमुखी क्याम्पसबाट एलिना थापा र ममता खड्काले क्रमश: दोश्रो र तेस्रो स्थान हासिल गरेकी  छिन भने सान्त्वना स्थानमा ज्योति माध्यमिक बिधालयबाट रोशन राई हासिल गरेका छन् ।

हातेमालो बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष अर्जुन बस्नेतको सभाध्यक्षतामा संचालन भएको प्रतियोगिता कार्यक्रममा निर्णायक समितिमा सहकारी अभियन्ता दुर्गा प्रसाद गौतम र छत्र बहादुर काफ्लेले भुमिका निर्वाह गरेका थिए । सहकारीले शिक्षा तथा सामाजिक उत्तरदायित्व पूरा गर्ने तथा युवाहरूलाई सहकारी अभियानतर्फ उन्मुख गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष अर्जुन बस्नेतले बताएका छन् ।

सहकारी संस्थाको आफ्नै भवनमा रहेको  सभाहलमा संस्थाका सचिव गुरु प्रसाद अधिकारीले कार्यक्रम संचालन गरेका थिए भने विद्यालयका शिक्षक प्रतिनिधि तथा विद्यार्थीहरु, संस्थाका सल्लाहकार महानुभावहरु, संचालक, लेखा समिति, उपसमितिहरु, कर्मचारीहरु लगायत सदस्यहरुको समेत उपस्थति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ