अन्तर संघसंस्था संजाल सुन्दरहरैंचाले लैंगिक हिंसा बिरुद्धकाे सचेतनामुलक कार्यक्रम गरी मनाए

एलएन गच्छदार

मंसीर २२ गते / सुन्दरहरैंचा

लाैंगिक हिंसा अन्त्यकाे निश्चितता:महिला र बालबालिकाहरुमा लगानीकाे ऐक्यबद्धता´ भन्ने नाराका साथ संचालित १६ दिने लैंगिक हिंसा बिरुद्धकाे सचेतनमुलक कार्यक्रम सुन्दरहरैचा नगरपालिकामा बिबिध कार्यक्रम गरी मनाएका छन।

३५ वटा आवद्ध संस्थाको संयुक्त प्रयास रहेको सो नगरपालिकाको वडा १० को सुकुम्बासी बस्तिमा अन्तर संघसंस्था संजाल सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भव्यरुपमा कार्यक्रम गरेको थियो।

नगर भित्र छरिएर रहेका महिला तथा बालबालिका सामाजिक संघ , संस्थाहरूको एकता प्रकृया तथा प्रयास सगै १६ लैङ्गिक हिंसा विरूद्वको सचेतना अभियानको शुरूवात गरी मनाएको समाजिक अभियन्ता पार्वती गच्छदारले बताएकी छिन। गच्छदारले १६ दिने अभियानले मात्र होइन ३६५ दिन नै हिंसा बिरुद्धको अभियानमा हाम्रा संघसंस्था जगरुप रहेको जानकारी दिइन।

त्यसैगरी समाजिक अभियन्ता सिता कडेरीया भट्टराईले १६ दिने लैंगिक हिंसा बिरुद्धको सचेतना कार्यक्रममा माहिलाहरुले यस्ता किसिमका कार्यक्रमलाई मूर्तरूप दिदै एउटै छाता सङ्गठनको रूपमा स्थापित गर्ने र संयुक्तरूपमा महिला तथा बालबालीका हिंसा रहित समृद्व नगर बनाउने अभियानलाई बलियो बनाउन शशक्त र निस्पक्ष भुमिका निर्वाह गर्न सबैमा अनुरोध समेत गरेकी छिन।
सामुहिक एकताले नै अद्भुत सामर्थ्य पैदा गर्दछ , यस्ता किसिमको कार्यक्रममा स्थानीय तहले समेत चासो र उल्लेखनीय भुमिका खेल्नु पर्ने कडेरीयाको भनाई थियो।

संयुक्त रुपमा गरिएको उक्त कार्यक्रम मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला संयोजक तारा घिमिरेको सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका निवर्तमान नगरउपप्रमुख धनमाया तमाङको प्रमुख आथित्यता रहेको थियो।

उक्त कार्यक्रममा लैंगिक हिंसा बिरुद्धको बारेमा जनचेतनामुलक नाटक प्रस्तुत तथा लैंगिक हिंसा बिरुद्धको वारेमा स्थानीय कलाकारबाट नृत्य प्रस्तुत समेत रहेको थियो । स्थानीय जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *