क्याप्टेन निर्वाचन सम्पन्न – क्वेस्ट सेकन्डरी स्कूलमा लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन

एलएन गच्छदार / सुन्दरहरैंचा
जेठ ३ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -८ मा रहेको क्वेस्ट सेकन्डरी स्कूलमा आज विद्यार्थीहरूले आफ्नो कक्षा प्रतिनिधिहरू (क्याप्टेन) चयन गर्न निर्वाचनमा सक्रिय सहभागिता जनाएका छन्। विद्यालय परिसरमा शुक्रवार  लोकतान्त्रिक प्रक्रियाको जस्तै माहोल सृजना गरिँदा विद्यार्थीहरू उत्साहपूर्वक मतदानमा सहभागी भएका थिए।

निर्वाचन प्रक्रियाबाट विद्यार्थीहरूले केवल प्रतिनिधि चयन मात्र होइन, नेतृत्व, सहकार्य र उत्तरदायित्वका मूल्यहरू पनि आत्मसात गरेका छन्। यस प्रकारको अभ्यासले विद्यार्थीहरूलाई निष्पक्षता, जवाफदेहिता र समावेशी सोचको महत्त्व सिकाउँछ।

विद्यालय संस्थापक प्रिन्सिपल दिपक क्षेत्रीका अनुसार, यस्ता कार्यक्रमले भविष्यका जागरूक र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउँछ। शिक्षण संस्था भित्रैदेखि लोकतान्त्रिक मूल्यहरूको बीजारोपण गर्नु आजको आवश्यकता हो, र क्वेस्ट सेकन्डरी स्कूल यस दिशामा सक्रिय छ।

आजको क्याप्टेन निर्वाचनले विद्यालयमा नेतृत्व विकासको सशक्त आधार तयार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *