मोरङमा आयुर्वेद उपचारमा आकर्षण बढ्दो एक लाख बढीले लिए सेवा

बिराटनगर : मोरङमा आयुर्वेद उपचारमा एक लाख बढी बिरामीले सेवा लिएका छन्। शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले विराटचोकको प्लानेट लाउन्ज बिराटचोकमा आयोजना गरेको आयुर्वेद सेवा कार्यक्रम सम्बन्धि समन्वयनात्मक समीक्षा कार्यक्रममा बोल्दै विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. केनिन राईले गत आर्थिक बर्षमा आयुर्वेद उपचारमा महिला पुरुष गरी १ लाख ४ हजार ७ सय ७ जनाले सेवा लिएको जानकारी दिए। 

अघिल्लो बर्षहरुको तुलनामा आयुर्वेद उपचारमा क्रमश बिरामीहरुको आउने क्रम बढेकाले नतिजा उत्साह जनक रहेको डा. राईले बताए। पछिल्लो समय स्थानीय तहमा रहेका औषधालय र नागरिक आरोग्य सेवा केन्द्रमा बिरामीको चाप बढ्दो क्रममा रहेको छ। विराटनगर केन्द्रमा नसा, मांसपेशी, हड्डी, अम्लपित्त, श्वासप्रश्वास, छालारोग, मानसिक विकार, स्त्री रोग, नाक, कान, घाँटीलगायतका रोगको उपचार हुँदै आएको डा.राईले बताए ।  

विराटनगर, उर्लाबारी, लेटाङ, कानेपोखरी, मिक्लाजुङ, बेलबारी, रतुवामाई, जहदाँ र रंगेलीमा आयुर्वेद सेवा सन्चालनमा छ। त्यसबाहेक अन्य ८ वटा पालिकामा यो सेवा पुग्न नसकेको उनले बताए। कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. राधिका थपलियाले झापाको लखनपुरमा रहेको प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर बिज्ञान प्रतिष्ठाको रुपमा के कसरी विकास गर्न सकिन्छ भन्ने बारे पनि छलफल भइरहेको बताईन्। 

अर्को कोशी प्रदेशमै आयुर्वेदको औसधी उत्पादन केन्द्र को सम्भाव्यता के छ त्यसको अध्यान र १४ वटै जिल्लामा रहेका स्वास्थ्य आयुर्वेद केन्द्रहरुको सेवामा कसरी थप प्रभावकारी रुपमा गर्न भन्ने बिषयमा एउटा कार्यदल बनिसकेको डा.थपलिया बताईन्। त्यो कार्यदलले दुई महिना भित्रमा आफ्नो प्रदिवेदन दिने,प्रतिवेदन आएपछि समग्र आयुर्वेदको विकास र बिस्तार प्रदेश सरकारले थप कार्यक्रम अघि बढाउने बताईन्। 

युर्वेद सेवा कार्यक्रम सम्बन्धि समन्वयनात्मक समीक्षा कार्यक्रममा नागरिक आयुर्वेद तर्फको मुल्याङ्कनमा नागरिक आरोग्य सेवा केन्द्र जहदा प्रथम र आयुर्वेद औषधालय तर्फ बेलबारी आयुर्वेद औषधालय प्रथम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *