NRNA रसियाको साधारणसभा सम्पन्न, केशब तिमिल्सिनाको नेतृत्वमा सिङो कमिटी निर्बिरोध !

गैरआवासीय नेपाली संघको उत्गमस्थल रसियाको कार्यकारिणी समिती निर्बिरोध निर्वाचित भएको छ, मस्को स्थित नेपाली राजदुतावासको सभाहलमा सम्पन्न साधारणसभामा रुसका लागी नेपाली राजदुत महामहिम मिलन राज तुलाधर, NRNA केन्द्रिय अध्यक्ष डा. बद्रि केसी, केन्द्रिय सचिव गोविन्द प्रसाद गौतमको उपस्थिती रहेको थियो ।

गैरआवासीय नेपाली संघ रसियाको कार्यकारिणी कमिटी निर्बिरोध निर्बाचित हुँदै आएको ईतिहास छ, हिजो भएको साधारणसभा बाट नया कार्यसमितिले केन्द्रिय अध्यक्ष डा. बद्रि केसी द्वारा सपथ लिईसकेपछि आधिकारिक रुपमा नया कार्यसमितिले मान्यता पाएको छ ।

केन्द्रिय कमिटी सदस्यमा रुसबाट गोविन्द प्रसाद आचार्य निर्वाचित हुनुभएको छ। रुसको २०२३-२०२५ कार्यकारिणी समितिको अध्यक्षमा केशब तिमिल्सिना, उपाध्यक्षहरुमा गणेश रामदाम, इन्द्र भुसाल र धनन्जय श्रेष्ठ, महासचिवमा सिताराम “मिलन” कटेल, सचिवमा प्रबिण कुमार खतिवडा, कोषाध्यक्षमा संज्ञान कार्की, सहकोषाध्यक्षमा हिमलाल खनाल “हिमाल”, युवा संयोजकमा गिब्सन ढकाल, महिला संयोजकमा सरस्वती खनाल ज्ञवाली त्यस्तै कार्यकारिणी सदस्यहरुमा याम बहादुर थापा, राम बाबु पाण्डे, डा. प्रनिल प्रधान, अमित कुमार कर्ण र उषा थापा निर्बाचित भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *