सुन्दरहरैचा नगरपालिकाको डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सञ्चालन

सुन्दरहरैचा नगरपालिकाले डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सञ्चालन गरेको छ । समुदायमा डेंगु फैलाउने लामखुट्टेको वासस्थान पहिचान गरी ति क्षेत्रहरुमा औषधी छर्कन सुरु गरिएको हो । नगरपालिकामा रहेको दमकल प्रयोग गरेर पालिकाका सबै वडाहरुमा औषधी छर्कन सुरु गरिएको हो ।

त्यसैगरि वडामा समेत वडा अध्यक्षको नेत्रृत्वमा पानी जमेका स्थानमा औषधी छर्कन सुरु गरिएको छ । अहिले डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सुन्दरहरैचा नगरपालिका वडा नं. १२ मा सञ्चालन गरिएको छ । यो रोगको किटाणुको मुख्य वासस्थान नै पानी जम्ने स्थान भएकोले उक्त स्थानहरुलाई प्राथमिकता दिएर नियन्त्रण अभियान थालिएको वडाअध्यक्ष रोशनप्रसाद ढकालले बताए । वडाअध्यक्ष आफैँ विभिन्न स्थानमा पुगेर जनचेतना जगाउँदै औषधी छर्कन शुरु गरिएको छ । वडाका प्रत्येक टोलमा लामखुट्टे मार्ने अभियान सञ्चालन गरिने बताउँदै वडाध्यक्ष ढकालले आफ्नो घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, गमला, टायर, ड्रम लगायतमा पानी जम्न नदिने लगायतका सतर्कता अपनाउन वडाबासीलाई आग्रह गरेका छन् ।

यस अभियानमा सामाजिक युस्थानीयले समेत वडाअध्यक्ष ढकालले गरेको कामको प्रसंसा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *