तीन सय बढीले गरे हसिना सिमसार सरसफाई

बिराटनगर : मोरङको सुन्दरहरैचा ५ को नमुना सामुदायिक वनमा अवस्थित पर्यटकीय स्थल हसिना सिमसारमा शनिबार जन श्रमदानबाट ३ सय बढीले सरसफाई गरेका छन्। 

हसिना सिमसारमा विभिन्न फलफूलका बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत शनिबार विभिन्न टोल विकास सस्थाका प्रमुख तथा प्रतिनिधिसहितको ३ सय भन्दा बढीले बिरुवा रोप्ने ठाउँमा सरसफाई गरेको नमुना सामुदायिक वन उपभोक्ता समिति तथा हसिना सिमसारका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।

हसिना सिमसारलाई कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने उदेश्यका साथ अहिले सिमसारमा सरसफाई गर्दै विभिन्न फलफूलका बिरुवा रोप्ने अभियान संचालन भइरहेको अध्यक्ष न्यौपानेले बताए। उनका अनुसार भदौसम्म हरेक शनिबार जन श्रमदान मार्फद सिमसारमा सरसफाई तथा बिरुवा रोप्ने कार्य गरिने बताए। 

३ हजार फलफूलका बिरुवा रोप्ने अभियान भएको भएपनि अहिले त्यो भन्दै बढी रोपीसकिएको बताउदै उनले अब करिव ७ हजार बिरुवा रोपिने बताए। अध्यक्ष न्यौपाने नेतृत्वमा आएपछि अहिले सिमसारमा विकास निर्माणको कामले गति लिएको छ। विकास निर्माणको सबै काम सकिएपछि बार्षिक रुपमा पचास हजार पर्यटक भित्र्याउने लक्ष्य उनी बताउछन्। 

टोल विकास सस्थाका प्रमुख तथा प्रतिनिधिले पनि हसिना सिमसारमा पछिल्लो समय विकास निर्माणले गति लिएको भन्दै अध्यक्ष न्यौपानेको प्रशंशा गर्दै हरेक हप्ताको शनिबार श्रमदान गर्न तयार रहेको बताए। सिमसार क्षेत्र लगभग ३२ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने हाइवे बाँसबारी चोक देखि करिब ५ किलोमिटर उत्तरमा पर्दछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *