प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि
पथरी शनिश्चरे, समाचारदाता-२५ गते
मोरङ्गको पथरी शनिश्चरे वडा नं १ द्वारा आयोजित प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि चुमेको छ।
आज सोमबार पथरी शनिश्चरे वडा नं १ को जाँते रोडस्थित खेलमैदानमा आयोजनामा सम्पन्न भएको फाइनल खेलमा आयोजक वडा नम्बर १ ले वडा नम्बर ९ लाई ० का विरुद्ध १ गोल गर्दै उपाधि उचालेको हो।
वडा नम्बर १ ले ३१ हजार नगदसहित मेडल तथा ट्रफी प्राप्त गरेको छ भने ‘फर्स्ट रनर अप’ वडा नम्बर ९ ले २१ हजार नगद सहित मेडल तथा ट्रफी प्राप्त गरेको थियो।
खेलको निर्धारित समयको -८ औं मिनेटमा वडा नं १ का खेलाडी रवीन राईले विपक्षी टिमको गोल पोष्टमा प्रहार गरेको गोल नै विजयको लागि निर्णायक गोल बनेको थियो।
आजको खेलको म्यान अफ दि म्याच वडा नम्बर १ का खेलाडी सोनाम गुरुङ घोषित भए। उनलाई आयोजक वडाका वडाध्यक्ष भीम कुमार राईले मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो। सो प्रतियोगिताको समापन समारोहमा वडा नम्बर -९ का सायन राईले ‘गोल्डेन बल’ प्राप्त गरेका छन् भने वडा नं १ का विशाल दर्लामीले ‘गोल्डेन ग्लोब ‘ प्राप्त गरेका हुन्। सोहि क्रममा, विभिन्न विधामा खेलाडीहरुलाई मेडल तथा ट्रफी प्रदान गरिएको थियो। खेल कमिसार, अम्पायर लगायत विभिन्न व्यक्तित्वहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।
प्रतिस्पर्धात्मक फाईनल खेल सम्पन्न भएको भन्दै आयोजक वडा नं १ का वडा अध्यक्ष भीम कुमार राईले खेलाडीहरूको खेल कौशलता अभिवृद्धिका लागि वडा कार्यालयले उक्त फुटबल प्रतियोगिता आयोजना गरिएको जनाउनु भयो ।
यसैगरी, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले खेलाडीले खेलको अनुशासन भित्र रही कुशल खेल कौशता प्रर्दशन गर्नुपर्ने गर्न औंल्याउनुभयो।
उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, प्रशासकीय अधिकृत शशी राई, वडा अध्यक्षहरू क्रमश: लोक किरण न्यौपाने, वीरबहादुर राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ,
, आयोजक वडाका वडा सदस्यहरू एवम् कर्मचारीहरू, खेलप्रेमी दर्शककाे लगायतको बाक्लो उपस्थिति रहेको थियो।
