इटहरी क्रेयटिभ लेडीको आयोजनामा ध्यान शिविर

श्रावण २६ शनिबार

इटहरी उपमहानगरपालिका वडा – ५ पचरुखीमा Lions day अर्थात लायन्स दिवसको अबसरमा लाइन्स क्लब अफ इटहरी क्रीएटिभ लेडि को आयोजनामा जेष्ठ नागरिक भवनमा एक दिवसिय ध्यान योग शिबिरको कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको कार्यक्रम खासमा बृद्ध दृद्धा आमा बुवा हरुको मन शान्ति गर्ने उद्धेश्यले राखिएको थियो ।

अहिलेको ब्यस्त समयमा आफुलाई आफ्ना परिवारले समय साथ चाहेर पनि दिन नसकेको र कसैले कुरा नसुन्ने गरेको एक्लै महसुस भएका हरुलाई मनशान्ति गराउने र आफू कसरी परिवारसंग घुलमिल हुने , खुशिसाथ गिन्दगी जिउनको लागि आत्माबल बढाउन सक्ने, मनलाई संयमित बनाई सहज सरल सोचाइको बिकास गर्ने भन्ने अभिप्रायले ध्यान शिबिर कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम संचालन जीवन बिज्ञानका प्रशिक्षक बिमला ढकाल र सबिता कोइरालाले गर्नु भएको थियो ।

कार्यक्रममा लाइन्स क्लब ३२५ C का LCIF cabinet cordinator लायन लोकेन्द्र प्रसाद ढकाल र एरिया ४ एरिया प्रमुख लायन थानेश्वर ढकालले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रम लाइन्स क्लब अफ इटहरी क्रीएटिभ लेडिका अध्यक्ष लायन अनिला आचार्य ज्यु को अध्यक्षतामा सम्पन्न भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ