चलचित्रको हब बन्दै मृगौलिया, कोशी प्रदेशको चलचित्र क्षेत्रमा नयाँ सम्भावना

जन्मोत्सवसँगै चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भविष्यको आधार, सुन्दरहरैंचामा १० कठ्ठा जग्गामा १ तल्ले भवनको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न

 एलएन गच्छदार / सुन्दरहरैंचा — एउटा उत्सव, एउटा सपना र एउटा ऐतिहासिक सुरुवात। नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानको जन्मोत्सवलाई अवसर पारेर महासंघको आफ्नै स्थायी भवन निर्माणका लागि १ कठ्ठा जग्गामा १ तल्ले भवनको शिलान्यास कार्यक्रम आज सुन्दरहरैंचामा भव्य रूपमा सम्पन्न भएको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलियास्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा सम्पन्न उक्त कार्यक्रम फ्युचर कोलोनी एण्ड रियल स्टेटका प्रबन्धक याम लामाको  संयोजकत्वमा सम्पन्न भएको हो। जन्मोत्सवको खुसीलाई संस्थागत उपलब्धिसँग जोडिएको यस अवसरलाई सहभागीहरूले कोशी प्रदेशका चलचित्रकर्मीहरूको लागि ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्।

 १ कठ्ठा जग्गामा १ तल्ले भवनकै शिलान्यास

कार्यक्रमकै क्रममा फ्युचर रियल स्टेट हाउजिङ प्रा.लि. ले नेपाल चलचित्रकर्मी महासंघ कोशी को लागी १ कठ्ठा जग्गा उपलब्ध गराउने र सोही जग्गामा १ तल्ले भवन निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेको थियो।
यस शिलान्याससँगै कोशी प्रदेशका चलचित्रकर्मीहरूका लागि स्थायी, व्यवस्थित र आफ्नै पहिचानसहितको साझा घर निर्माणको औपचारिक सुरुवात भएको छ।

कलाकारहरूको उत्साहजनक उपस्थिति

कार्यक्रममा चलचित्र, गीत–संगीत तथा कला क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूमा  नायक तथा निर्देशक गजित बिष्ट , गिनिज बुक रेकर्डर निर्देशक सौगात बिष्ट, निर्देशक इन्द्र परियार, बिनोद पुडासैनी,  कलाकार पुष्प श्रेष्ठ, निर्देशक बिजय सम्योग सुब्बा, निर्माता–कलाकार सुरेन्द्र भुजेल, निर्देशक लाखमान योन्जन, भिम लामा, हुदुवा खवास,  निर्माता मनोज शाक्य, निर्देशक सौगात रिजाल, गायक–निर्देशक श्रीकृष्ण लुइटेल ‘बोकेदारी’, कलाकार–पत्रकार मनोज दाहाल,  एल.एन. गच्छदार , नायक जय चौधरी, जनक चौधरी, कलाकार जानकी चौधरी, कलाकार–पत्रकार राजिब दाहाल, कलाकार हिमाल दाहाल, गायक झोटन मेहता, कलाकार–निर्माता सम्झना भट्टराई, कलाकार गंगा कुँवर, लोकदोहोरी गायिका गंगा गौतम आचार्य, कलाकार उपेन्द्र राई, समाजसेवी रञ्जु डाँगी सोनी, देबका अधिकारी लगायत कोशी प्रदेशभरिका चलचित्रकर्मी तथा कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

चलचित्रकर्मीहरूको साझा भविष्य

फ्युचर रियल स्टेटको सहयोगमा सुरु हुन लागेको १० धुर जग्गामा १ तल्ले भवन निर्माण परियोजना कोशी प्रदेशका चलचित्रकर्मीहरूको संस्थागत विकास, हकहित संरक्षण, तालिम, छलफल र सिर्जनशील गतिविधि सञ्चालनका लागि साझा केन्द्रको रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ। नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले जन्मोत्सवलाई अझ स्मरणीय बनाइदिएको यस अवसरप्रति खुशी व्यक्त गर्दै फ्युचर रियल स्टेट परिवारप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा यो भवन कोशी प्रदेशका चलचित्रकर्मीहरूको केन्द्रीय थलोको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम सञ्चालन संस्थाका महासचिव तथा कलाकार दिनेश कोइरालाले गर्नुभएको थियो। आयोजकका अनुसार भवन निर्माण कार्य चरणबद्ध रूपमा अगाडि बढाइनेछ।

नयाँ सम्भावना: चलचित्र छायांकन स्टुडियो र सिनेमा हल

यस शिलान्यास भएको १ कठ्ठा जग्गामा भविष्यमा  चलचित्र छायांकन स्टुडियो र १५० सिट क्षमता भएको सिनेमा हल निर्माण गरिने योजना रहेको छ। सो क्षेत्रमा चलचित्रकर्मी निर्देशक मिलन चाम्स, वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, निर्देशक दिपक आचार्य, नायक तथा निर्देशक गजित बिष्ट , गिनिज बुक रेकर्डर निर्देशक सौगात बिष्ट,  निर्माता प्रेम कुमार श्रेष्ठ, निर्देशक अरुण कुमार प्रधान लगायतले जग्गा खरिद गर्ने कार्यक्रमका बारेमा जानकारी गराएका छन्।

जन्मोत्सवको उत्साह, कलाकारहरूको एकता र भविष्यप्रतिको प्रतिबद्धतासँगै सम्पन्न यो शिलान्यास कार्यक्रमले कोशी प्रदेशको चलचित्र इतिहासमा नयाँ अध्याय थपेको अनुभूति सहभागीहरूले व्यक्त गरेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *