विविध कार्यक्रम गरि मनोयोईडेन स्कुलले ३४ औ स्थापना दिवस

 

विराटनगर । विराटनगर ३ मा अवस्थित इडेन नेशनल स्कुलले आफ्नो ३४ औ स्थापना दिवस मनाएको छ । स्कुलले आज बिबिध कार्यक्रमको आयोजना गरि आफ्नो ३४ औ स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसकै अवसरमा स्कुलमा अध्ययनरत कक्षा नसरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले बिधालयमा एक बर्श भरी सिकेका विभिन्न कुराहरुको प्रस्तुती दिएका थिए । विराटनगर ३ मा अवस्थित इडेन नेशनल स्कुलले पठन पाठन सग सगै विद्यार्थीहरुलाइ अतिरिक्त क्रीयाकलापमा समेत अग्रसर गराउदै आइरहेको छ ।

स्थापना दिवसको केक काटेर स्कुलका अध्यक्ष तुलसी प्रसाद पोखरेल, प्रिन्सिपल आस्मा न्यैपाने, प्रमुख अतिथी गोविन्द गुरागार्इ लगायतले उद्द्याटन गरेका थिए । स्थापना दिवसमा उपस्थित अभिभावक तथा अतिथिहरुलाइ विद्यालयका भाइस प्रीन्सिपल बिध्याकान्त दाहालले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले इडेनले देसका लागि दक्ष जनसक्ती उत्पादनमा जोड दिदै आइरहेको बताएका छ्न ।

स्कुलका अध्यक्ष तुलसी प्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेशका त्रिविका सह परिक्षा नियन्त्रण गोविन्द गुरागाइ प्रमुख अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा प्रिन्सिपल आश्मा न्यैपाने लगायत विद्यालयमा अध्ययनरत ७०० भन्दा अढि विद्यार्थीहरु तथा अभिभावक र शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *