टिभी हेर्न नदिएको भन्दै एक व्यक्तिको हत्या
बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा एक छोराले सामान्य विवादका कारण आफ्नै बुवाको ज्यान लिएका छन्। ३२ वर्षीय भविलाल रोकाले ६० वर्षीय बुबा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
हत्या पछाडि भविलाल घटनास्थलबाट फरार भएका छन्। इलाका प्रहरी कार्यालय खजुरा र बैजनाथ प्रहरी चौकीले उनीमाथि खोजी गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार भविलाल लागूऔषध दुव्र्यसनी भएको पनि खुलेको छ।
