सुकुना क्याम्पसमा ननक्रेडिट कोर्सको समापन र अनुसन्धान तालिम सञ्चालन


फागुन २४‚ विराटचोक ।
प्रमाणपत्र वितरणः
त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको औपचारिक कोर्सवाहेकका ननक्रेडिटका कोर्सहरू सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङले सञ्चालन गर्दै आइरहेको छ ।

विहीबार विहान भएको एक कार्यक्रममा ननक्रेडिट कोर्सका रुपमा वेवडिजाइनिङ डिजेङ्गो कोर्स लिएका २६ जना उत्कृष्ट विद्यार्थीहरूलाई एक समारैहका बिच क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रमाणपत्र वितरण गरेका छन् ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको कोर्सका अतिरिक्त व्यवहारीक‚ प्रयोजनपरक‚ जीवनोपयोगी‚ सिपमूलक र बजार मागमा आधारित कोर्सहरू तर्जुमा गरी औपचारिक कोर्स पूरा गरिसक्दा ननक्रेडटका रुपमा अतिरिक्त ज्ञान तथा सिप दिलाउनका लागि क्याम्पसले विद्यार्थीहरूलाई कम्युटर लिटेरेसि कोर्स‚ एकाउण्टिङ कोर्स‚ स्टाटिस्टिकल कोर्स र वेवडिजाइनिङ डिजेङ्गो कोर्स सञ्चालन गर्दै आइरहेको हुँदा बढिभन्दा बढि विद्यार्थीहरू यस कार्यक्रममा सहभागी भई लाभान्वित हुन क्याम्पस प्रमुख अधिकारीले जोड दिएका छन् ।

ननक्रेडिट कोर्स लिएर उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई सहायक क्याम्पस प्रमुख द्वय बलराम पोखरेल र गणेशप्रसाद दहाल तथा बिआईसिटि कार्यक्रमका फोकल पर्सन सन्तोष दाहालले बधाई तथा शुभकामना दिँदै औपचारिक कोर्समा पनि विशिष्ट स्थान हासिल गर्न शुभकामना दिएका थिए ।


अनुसन्धान तालिम सञ्चालन
सुकुना बहुमुखी क्याम्पस र काठमाडौं विश्वविद्यालय बिच भएको सम्झौताअनुसार शिक्षक तथा कर्मचारीहरूको आर्टिकल लेखन तथा प्रकाशन र खोज अनुसन्धान क्षमता विकास गर्न विहीबार विहान १०:३० बजे देखि ३ क्रेडिटको ४८ घण्टे तालिम तथा कार्यशालाका लागि Advanced Research Methodology Course को उद्घाटन गरिएको छ ।

उद्घाटन सत्रको अध्यक्षता क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले शिक्षक तथा कर्मचारीहरूले अध्ययन अनुसन्धानमा लागेमा क्याम्पसले शिक्षक तथा कर्मचारीहरूलाई आर्थिक‚ प्राविधिक तथा व्यवस्थापनमा सहयोग पुर्याउने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सहभागी सबैलाई स्वागत गर्दै अवका दिनमा अनुसन्धान विना प्राज्ञिक उन्नयन हुन नसक्ने भएको हुँदा सहभागीहरूलाई यसमा लाग्न उत्प्रेरणा दिएका थिए ।

काठमाण्डौं विश्वविद्यालयका सहजकर्ता विज्ञ द्वय डा. हेमराज काफ्ले र डा. प्रकाशचन्द्र भट्टराईले कोर्सको प्रकृति र महत्व उल्लेख गर्दै ४८ घण्टाको अवधिमा सहभागीहरूले आर्टिकल लेखन‚ प्रकाशन र अनुसन्धान गर्न सक्षम हुने बताएका छन् ।

कार्यक्रमको सञ्चालन गर्दै सहायक क्याम्पस प्रमुख एवमु अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहालले तालिममा भर्ना भएका २८ जना शिक्षक तथा कर्मचारीहरूले तालिम अवधिभर पालना गर्नु पर्ने नियम‚ तालिमको गुणस्तर‚ औचित्य र यसबाट क्याम्पस तथा सहभागीको व्यक्तित्व विकासमा कोर्सले पुर्याउने सहयोगको विषयमा चर्चा गरेका छन् ।

उद्घाटन सत्रको समापन पछि क्याम्पसको सेमिनार कक्षमा कार्यशाला सञ्चालन गरिएको र उक्त अनुसन्धानको कोर्स ४८ घण्टासम्म सञ्चालन हुने र त्यस पछि सहभागीको मूल्याङ्कन गरी प्रमाणपत्र प्रादान गरिने जानकारी क्याम्पसका अधिकृत नवराज कोइरालाले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *