पुर्वान्चल विश्वविद्यालयको उपकुलपतिमा डा. पोखरेल

एलएन गच्छदार

सुन्दरहरैंचा /फागुन २४ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका  गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पुर्वान्चल विश्वविद्यालयका चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेल विश्वविद्यालयको उपकूलपतिको समेत जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

बिहिबार प्रधानमत्री पुष्पकमल दाहाल प्रचण्डले ३ महिना सम्मका लागि दैनिक कामकाजलाई निरन्तरता दिन डा. पोख्रेललाई नियुक्त गरिएको हो  ।

तत्कालीन उपकूलपति प्रा.डा  यादवराज  कोइरालाको पदावधि सकिएपछि पद रिक्त रहेको थियो । उपकुलपति प्रा.डा. कोइरालाको चारवर्षे कार्यकाल गत फागुन १८ सकिएको थियो ।  फागुन १४  गते  कोइरालाको  योगदानको उच्च मुल्यांकन गर्दै विश्वविद्यालयले बिदाई कार्यक्रम गरेको थियो  ।

नियमित एकेडेमिक क्यालेन्डर अमुसारको कार्यक्रम संचालन, परिक्षा निमित गर्ने तथा शिक्षण अस्पतालको स्तर उनन्ति गर्ने नवनियुक्त  उपकूलपति  डा. शैलेषमणि पोखरेलले पत्रकारसंग जानकारी गराउनुभयो  ।

कोरोना महामारीको बेलामा समेत कोभिड अस्पताल संचालनमा आफ्नै नेतृत्वमा उल्लेखनीय भूमिका खेल्नु भएका भएका डा. पोख्रेलले मेडिकल कलेज सन्चालन  गर्नका लागि  एमबिबिएस कार्यक्रम संचालन गर्न नेपाल सरकार संग पहल गर्ने समेत धारणा राख्नु भयो ।

लामो समयसम्म  संगै सहकार्य गर्दै आउनु भएका पुर्वान्चल विश्वविद्यालयका चिकित्साशास्त्र संकायका साहयक डीन नबिन लामिछानेले डा. पोख्रेललाई बधाई ज्ञापन गर्दै एमबीएस कार्यक्रम संचालनको पाठयक्रम, नयाँ भवन समेत  तयारी भएको बताउदै पोख्रेलले खेलेको भूमिकाको खुलेर प्रसंसा गर्नुभयो ।

त्यसै गरी चिकित्साशास्त्र संकाय प्रशासकीय प्रमुख होमनाथ निरौलाले डा. पोख्रेल डीन भएर जसरी काम गर्नुभयो त्यसै गरी आगामी दिनमा समेत नयाँ आशा र अपेक्षा लिएको धारणा व्यक्त गर्नुभयो ।

नयाँ उपकुलपतिको पदपूर्ति प्रक्रियामा रहेको हुनाले बढीमा ३ महिना सम्मका लागि प्राधानमन्त्री दाहालले जिम्मेबारी दिनुभएको  हो ।  विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि  १८ जनाले आवेदन दिएका छन् भने उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १८ जनाको नामावली सार्वजनिक गरेको छ  ।

२०६२ सालमा एमबिबिएस कार्यक्रम संचालनका लागी प्रवेशिका परिक्षा लिएपनि हाल सम्म संचालन हुन् सकेको छैन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ