इन्द्रपुर नमुनाले २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस  भब्य रुपमा मनाए

एलएन गच्छदार

फागुन २५ गते, बिराटचोक

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१२ मा रहेको इन्द्रपुर नमुना सेकेण्डरी स्कुलले आफ्नो २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएका छन।

विधालयका प्रिन्सिपल शान्तिराम गौतमको सभाध्यक्षमा संचालन भएको  औपचारिक कार्यक्रमको उदघाटन नगर प्रमुख केदार प्रसाद गुरागाईंले गर्नुभयो। गुरागाईंले सुन्दरहरैंचा नगरपालिका शैक्षिक हबको रुपमा बिकास हुँदै गएको बताउदै शैक्षिक प्रतिष्ठानहरु स्थापना समेत भईरहेको अबस्था छ र पढ्नका लागि धेरैको रोजाइ सुन्दरहरैंचा बनेको हुँदा यो साखलाई जोगाइनु पर्ने बताउनु भयो।साथै नगरप्रमुख गुरागाईंले बिज्ञान र प्रविधिमैत्रीपुर्ण बनाउन र विद्यालय शिक्षालाई व्यवस्थित गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो।

बिद्यालयले बालबालिकाको प्रतिभा क्षमता बिकास गर्न गायन तथा नृत्य, पारिवारिक फोटोजेनिक प्रतियोगिता समेत गरेको थियो। बिभिन्न विधामा उत्कृष्ट ल्याउने विधार्थीलाई पुरस्कार तथा सम्मान गरेको थियो भने बिभिन्न आन्तरिक तथा बाह्रय प्रतियोगितामा विधालयको नाम उच्च राख्ने खेलाडी विधार्थीलाई समेत सम्मान गरेको थियो । साथै कक्षामा जेहेन्दार बिधार्थी पहिलो, दोस्रो तेस्रो हुनेलाई क्रमश : २५ प्रतिशत , ५० प्रतिशत र ७५ प्रतिशत छात्रवृत्ति समेत वितरण गरेको थियो।

सो कार्यक्रममा  सुकुना बहुमुखी क्याम्पस पुर्व क्याम्पस प्रमुख प्रेम भट्टराईले शैक्षिक संस्था सामुहिक प्रयासबाट संचालन हुने हुँदा पढेर मात्र होइन बिभिन्न किसिमका  अतिरिक्त  क्रियाकलापमा अब्बल रहेको भन्दै शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्नुभयो।

स्कुलका प्रबन्धनिर्देशक उत्सव थापाले कार्यक्रमलाई सम्बोधन गर्दै सिकेका कुराहरुको ज्ञान रहेन भने सिकेको अर्थ नहुने भन्दै पढाई संगै अतिरिक्त क्रियाकलाप र  ब्यबहारिक शिक्षालाई समेत जोड दिन अत्यन्तै  आवश्यक रहेको बताउनु भयो। थापाले भौतिक पुर्वाधार बिकास संगै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले रचनात्मक भुमिका खेल्ने बताउनु भयो।

साथै अभिभावकको रोजाइमा परेको इन्द्रपुर नमुनाले पुर्व बिद्यार्थीको समेत प्रस्तुति, अभिभावक तथा विद्यार्थी बालबालिकाको संयुक्त नृत्य प्रस्तुति , शिक्षक नृत्य प्रस्तुति, बिभिन्न जातजातिको सांस्कृतिक नृत्य प्रस्तुति, जनचेतनामुलक साइबर क्राइम समबन्धि नाटक प्रस्तुत तथा  शिक्षक, अभिभावक तथा समाजिक ब्यक्तित्वलाई सम्मान समेत गरेको थियो।

इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नवराज चापागाईं, शिक्षाप्रेमी गणेश दाहाल, रुद्र थापा, समाजसेवी गोपाल थापा लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको गरिमामय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *