लाइटिङ गोलोबल एकेडेमीले १२  औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउदैं

सुन्दरहरैंचा / फागुन २६ गते

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको लाइटिङ गोलोबल एकेडेमीले १२  औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउदैं छन।

विद्यालयको प्राङ्गणमा औपचारिक कार्यक्रम संचालन विद्यालय संचालक समिति अध्यक्ष दुर्गा प्रसाद घिमिरेले सभाध्यक्षतामा प्रमुख अतिथि मोरङ जिल्ला समन्वय समिति अध्यक्ष अजम्बर राईले उदघाटन गर्नु भयो।

२ दिन सम्म चल्ने सो कार्यक्रममा शनिबार भएको पहिलो सत्रको कार्यक्रममा  बिभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण साथै विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो।

पूर्व एसईई बिधार्थीहरुको उज्वल भबिश्यको कामना सहित स्मृति पौडेल, निलिमा नेपाल, अनिशा श्रेष्ठ, सिमाना चौधरी, संकेत कडरिया, अनिशा वि.क ,दिया राई, धिरज राई, गौरव श्रेष्ठ , ग्रिश राई लगायतलाई मायाको चिनो सहित सम्मान पत्रले सम्मान गरेको थियो ।

समाजमा उल्लेखनीय योगदान पुर्याएबापत सम्मानित व्यक्तित्व अशोक कुमार राई, धन बहादूर राई, आयशा राई,  राम वहादुर थापालाई विधालयले सम्मान समेत गरेको थियो ।  त्यसैगरी शिक्षक निर्मला तिम्सिना तथा रमेश निरौला  समेत उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरेको थियो ।

बिधालय संचालक सचिव अर्जुन तिम्लीना कर्यक्रम संचालन गर्नुभयो  । सो वडाका वडाअध्यक्ष सन्तोष लिङन्देन , सुन्दरह‌रैचा नगर पालिका शिक्षा शाखा प्रमुख लिलादेवि ओझा, नागरिक समाज सुन्दरहरैचा अध्यक्ष ददिराम डुंगाना लगायात विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।   

भोलि आइतबार समेत बिधार्थी, अभिभावक तथा शिक्षकको बिबिध प्रस्तुति, पुरस्कार तथा सम्मान कार्यक्रम गरी समापन गरिने बिधालय अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताउनुभयो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *