डिजिटल बोर्डको माध्यमबाट क्वेष्टमा पठनपाठन

सुन्दरहरैंचा नगरपालिका वडा -८ मा रहेको क्वेष्ट माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु भएको छ।

विद्यालयको पठनपाठन अझ स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन स्मार्ट बोर्ड प्रयोगमा ल्याइएको जनाइएको छ।स्मार्ट बोर्डको प्रयोगबाट पठनपाठन गर्न सहज भएको विद्यालयका प्रिन्सिपल दिपक क्षेत्रीले बताउनुभयो।

सञ्चार र आधुनिक प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले विद्यालयमा इन्टरनेटको व्यवस्थासहित पाठ्यपुस्तकअनुसार नै डिजिटल बोर्डबाट पढाइ भइरहेको छ ।

शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढ्ने उद्देश्यले डिजिटल बोर्ड जडान गरिएको प्रिन्सिपल क्षेत्रीले बताउदैं पहिलो चरणमा जडान गरिएका बोर्डको प्रभाव हेरेर मात्र थप सबै कक्षा कोठामा डिजिटल बोर्डको व्यवस्था गर्ने योजना रहेको उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *