लागुऔषधको अखडा बन्दै कोशी प्रदेश

योगेन्द्र योगी
बिराटनगर : कोशी प्रदेश लागुऔषध कारोबारी तथा प्रयोगकर्ताका लागि मुख्य अखडा बन्न थालेको छ । लागुऔषध कारोबारीले कारागार र प्रयोगकर्ताका कारण सुधारगृह भरिन थालेका छन् । 

लागुऔषध कारोबार तथा सेवनमा बालबालिकादेखि वृद्धसम्म संलग्न रहेको पाइएको छ । कोशी प्रदेशमा लागुऔषध सेवन तथा बिक्रि वितरण गर्नेको संख्या दिन प्रति दिन बढीरहेको छ। बिशेष गरी झापा,मोरङ, सुनसरी र उदयपुर लगायतका जिल्लाहरुमा प्रहरीले लागुऔषध कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ। सोमबार मात्र प्रहरीले लागुऔषध सहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ बर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० बर्षीय असिम माझी, मोरङ रंगेली भई हाल सुन्दरहरैचा नगरपालीका ९ आदर्शचोक बस्ने १९ बर्षीय अभिषेक दमाई महतरा, १८ बर्षीय शुसान्त विश्वकर्मा, सोही स्थान ८ बस्ने मोहम्बद असलम, सुन्दरहरैचा नगरपालीका ९ बस्ने २७ बर्षीय जगत श्रेष्ठ, २३ बर्षीय दिलिप खवास, उदयपुरको त्रियुगा नगरपालिका १३ असारे बस्ने २४ बर्षीय रमेश देउजा र ३४ बर्षीय बिक्रम भन्ने पूर्ण बहादुर परियार रहेका छन् ।

पक्राउ परेका मध्येबाट ट्रामाडोल २२४४ ट्याब्लेट, कोलिवान ४०० ट्याब्लेट, एन्टिकफ ४०९ ट्याब्लेट, स्पास्पेन ४१९ ट्याब्लेट र डाईजेपाम ९ एम्पुल, फेनारगन ९ एम्पुल र ब्रुपिनोर्फिन १० एम्पुल लागुऔषध बरामद भएको छ । 

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता  भीम बहादुर दाहालले जानकारी दिए। गत आर्थिक वर्षं २०७९/८० को भन्दा २०८०/८१ मा लागुऔषध कारोबार गर्नेको संख्या बढेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उपलब्ध गराएको तथ्याङ्क देखाउछ।

७९/८० मा लागुऔषध सम्बन्धी ७८९ वटा मुद्धा दर्ता भएको थियो भने ८०/८१ मा १ हजार ३९ मुद्धा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता दाहालले बताए। पक्राउ परेकाबाट १० हजार ४२० किलो गाँजा, ८६ ग्राम १८० चम.ग्राम चरेस, ३ के जी ८८० ग्राम २४९ ब्रौसुगर, ७८,३३८ विभिन्न मनोदिप चक्की/क्याप्सल, ७,३८७ विभिन्न सुई(एम्पुल बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

पछिल्लो केहि समय देखि कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् । कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ।

प्रहरीले सुनसरी , मोरङ , झापा , धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको  छ। कोशी प्रदेशमा प्रहरी आश्रय सुधार केन्द्र लगायत बिभिन्न संघसस्थाहरुले लागुऔषध बिरुद्ध सचेतना कार्यक्रम गरिरहेको भएपनि जति सचेतना कार्यक्रम गर्यो उतिनै कारोबारी पक्राउ परिरेकाका  कारण कोशी प्रदेश प्रहरीलाई त्यतिकै चुनौती बढेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *