सुन्दरहरैचामा निशुल्क सामुदायिक कुकुर बन्ध्याकरण र रेबिज नियन्त्रण शिविर संचालन हुने

एलएन गच्छदार
मोरङ — सुन्दरहरैचा नगरपालिकाको पशुपन्छी प्रवर्द्धन शाखाले सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा रेबिज नियन्त्रणका लागि निशुल्क शिविर संचालन गर्न लागेको छ। आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त शिविर २०८२ साल बैशाख १६ र १७ गते सञ्चालन हुने बताइएको छ।

शिविर नगरपालिका पशुपन्छी प्रवर्द्धन शाखा, दुलारीमा आयोजना गरिनेछ। कार्यक्रम अन्तर्गत नगरक्षेत्रभित्र रहेका सामुदायिक (घुम्ने) कुकुरहरूको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाइनेछ।

नगरपालिकाले सबै सरोकारवाला, स्थानीय बासिन्दा र संघसंस्थालाई सामुदायिक कुकुर नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमोद कुमार न्यौपानेद्वारा जारी सूचनामा भनिएको छ, “शिविरमा घर पालुवा कुकुरहरूलाई बन्ध्याकरण गरिने छैन।”

यस किसिमको कार्यक्रमले नगर क्षेत्रमा कुकुरजन्य समस्या र रेबिज संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *