ज्येष्ठ नागरिक सेवा समाजद्वारा आयोजित ‘माता सम्मान कार्यक्रम’मा नेत्र प्रसाद चौलागाईंले आमाको महत्वमा जोड

ज्येष्ठ नागरिक सेवा समाजद्वारा आयोजित ‘माता सम्मान कार्यक्रम’मा नेत्र प्रसाद चौलागाईंले आमाको महत्वमा जोड

एलएन गच्छदार

सुन्दरहरैंचा/ वैशाख १३ गते – मोरङको सुन्दरहरैंचा वडा -३ मा ज्येष्ठ नागरिक सेवा समाजद्वारा आयोजित ‘माता सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै समाजसेवी तथा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईंले आमाको अपार योगदान र महत्वबारे भावपूर्ण अभिव्यक्ति व्यक्त गरेका छन्।

कार्यक्रममा चौलागाईंले भने, “आमा केवल जन्म दिने व्यक्ति मात्र होइनन्, उहाँ हाम्रो पहिलो शिक्षक, मार्गदर्शक र जीवनभर प्रेरणाको स्रोत हुनुहुन्छ। हामीले आमा प्रतिको सम्मान शब्दले मात्र होइन, कर्मले देखाउनु आवश्यक छ।” उनले आजको पुस्ताले आमा र बाबुजस्ता अभिभावकको माया र सल्लाहलाई जीवनको अमूल्य निधि सम्झनुपर्नेमा जोड दिए।

कार्यक्रममा समाजका वरिष्ठ नागरिकहरूलाई सम्मान गर्दै मातृत्वका विभिन्न पाटाहरूको चर्चा गरिएको थियो। चौलागाईंले आमा र बाबुप्रति कृतज्ञता व्यक्त गर्नु सामाजिक र नैतिक कर्तव्य भएको उल्लेख गरे। साथै, उनले ज्येष्ठ नागरिकहरूलाई समाजमा सम्मान र संरक्षण प्रदान गर्न सबैलाई आह्वानसमेत गरे।

कार्यक्रममा सुन्दरदुलारी उधोग बाणिज्य संघका अध्यक्ष जीवन ढुङ्गना तथा विभिन्न क्षेत्रका  विशिष्ट व्यक्तित्वहरूले पनि आमाप्रतिको आफ्ना अनुभव र सम्मान व्यक्त गरेका थिए।
सो कार्यक्रममा ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष भिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।

ज्येष्ठ नागरिक सेवा समाजले हरेक वर्ष मातातिर्थ औंसीको अवसरमा यो कार्यक्रम आयोजना गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *