सुन्दरहरैंचाका चर्चित पत्रकार शिव भट्टराई सम्मानित
एलएन गच्छदार / फागुन २२ गते
सुन्दरहरैंचा, मोरङ – सुन्दरहरैंचाका चर्चित पत्रकार शिव भट्टराई सिद्धार्थ सेकेन्डरी स्कुलको ३० औं अभिभावक दिवसको अवसरमा सम्मानित भएका छन्।
नगरप्रमुख केदार प्रसाद गुरागाई र विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेतले संयुक्त रूपमा सम्मान पत्र प्रदान गर्दै पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेका हुन्।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विद्यालयले पत्रकार भट्टराईलाई खोजमुलक समाचार, समाजसेवा तथा सञ्चारको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरेको विद्यालय प्रशासनले जनाएको छ।
पत्रकार भट्टराईले आफूलाई प्रदान गरिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै पत्रकारिताका माध्यमबाट समाजको सेवा गर्न अझ प्रेरित भएको बताए।
