कानेपोखरीमा गर्भवति महिलाको साथबाट ब्राउन सुगर फेला

बिराटनगर : मोरङको कानेपोखरी गाउँपालिका ७ कानेपोखरी बजार स्थित इलाका प्रहरी कार्यलय पथरीको टोलिले चेक जाच गर्ने क्रममा बिराटनगर महानगरपालिका ११ बस्ने बर्ष ३७ कि कबिता तामाङ ( ८ महिनाको गर्भवति महिलाको ) को साथ बाट ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १०० ग्राम (१) पोका फेला परेको प्रहरीले जनाएको छ।

भारतको अरअरिया जिल्ला कुवारी बस्ने २४ वर्षिय विकाश सरदारको साथ बाट केहि फेला नपरेको प्रहरीले जनाएको हो। हाल दुबै जनालाई नियन्त्रमा लिई इलाका प्रहरी कार्यलय पथरी बाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *