महेन्द्र मेमोरियल ऐकडेमी स्कुलको स्पोर्ट्स मिट कार्यक्रम भव्य रूपमा सुरु
चन्दन रौनियार
दुहबी /सुनसरीको दुहबी नगरपालिका वडा -४ मा रहेको महेन्द्र मेमोरियल ऐकडेमी स्कूलको स्पोर्ट्स मिट कार्यक्रम भव्य रूपमा सुरु गरेको छ।स्कुल प्राङ्गनमा औपचारिक कार्यक्रम गर्दै बार्षिक कार्यक्रम योजना अनुरुप कार्यक्रम गरिएको छ। दुहबी नगरपालिकाकि उप प्रमुख मेनुका खतिवडा पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको सो कार्यक्रममा बिधार्थीको शारीरिक स्वास्थ्यको सुधार, मानसिक स्वास्थ्यको लाभ,अनुशासन र समय व्यवस्थापन, टीमवर्क र नेतृत्व गुण बिकास हुने हेतुले आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर उप प्रमुख मेनुका खतिवडा पोखरेलले दीप प्रज्वलन साथै ब्यानर लागेको बेलुन उडाएर गरेका थिए।
उपप्रमुख मेनुका खतिवडाले स्पोर्टस मिट उद्घाटन समारोहमालाई सम्बोधन गर्दै खेलले दैनिक जीवनलाई रमाइलो बनाउने मात्र होइन, स्वस्थ जीवनशैली अपनाउन पनि प्रेरित गर्ने बताउदै खेलकुदले नियमित अभ्यास र अनुशासन सिकाउँने र पढाइमा पनि सकारात्मक प्रभाव पार्ने बताऐ।विद्यार्थीहरूलाई उमेरका आधारमा समूह विभाजन गरी बिभिन्न खेलमा प्रतिस्पर्धा गराइएको छ। कार्यक्रम ३ दिनसम्म सञ्चालन हुनेछ र अन्तिम दिन विजेताहरूलाई पुरस्कार वितरण गरिनेछ।
कार्यक्रमका क्रममा सभापति प्रिन्सिपल निश्चल राज शाक्य भने, “खेलकुद मात्र एउटा मनोरञ्जनको माध्यम होइन, यो विद्यार्थीहरूको समग्र विकासका लागि आवश्यक छ। खेलकुदले विद्यार्थीलाई शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा सुदृढ बनाउँछ।”
खेलकुदको महत्वलाई जोड दिँदै आयोजना गरिएको यो कार्यक्रमले विद्यालयका विद्यार्थीहरूमा शारीरिक फिटनेस, अनुशासन र खेल भावना विकास गर्ने लक्ष्य राखेको छ। विद्यालयका संचालक प्रअ निश्चल राज शाक्यले बताए । त्यसै गरि डोरितान , ·१ सय र २ सय मिटर दौड, गणित दौड, चम्चा दौड, बोरा दौड, बिस्कुट खाने, क्रिकेट, बेलुन बर्स्ट, हाई जम्प, लङ जम्प, ब्याडमिन्टन।, ब्लाइन्ड फोल्ड, बडी ब्यालेन्स, टेल स्न्याचर, हट पोटेटो, म्युजिकल चेयर, भाला फाल्ने,
फुटबल,
लगायतका खेल हरु खेलाउने कार्यक्रम संयोजक गोविन्द सापकोटाले बताए ।
कार्यक्रममाका अतिथिहरुमा दुहबी वडा न. ४ अध्यक्ष मुस्तकिम मियाँ , यसे बिधालयकाका साहेक प्रअ रमेश बाबू थापा डिसिपिलिन इन्चार्ज कृष्णा तामाङ ,रिषी साह अफरोज अालम ,अभिभाक शिक्षक /शिक्षिका स्थानीय संचारकर्मी लगायतको उपस्थित रहेको थियोे ।
