हिमालय इंगलिस स्कुल राष्ट्रिय तथा लोक नृत्य प्रतियोगितामा जुनियर तर्फ जिल्लामै उत्कृष्ट
एलएन गच्छदार / माघ १६ गते
सुन्दरहरैंचा नगरपालिका वडा १० मा रहेको हिमालय इंगलिस स्कुल राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) मोरंगले आयोजना गरेको जिल्ला स्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत आयोजित राष्ट्रिय तथा लोक नृत्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जुनियर तर्फ उत्कृष्ट स्थान हासिल गरेको छ।
“म मरे पनि मेरो देश बाची रहोस ” बोलको गितमा हिमालयको बालबालिकाको सामूहिक नृत्यले सबैको मन छोएको थियो।
प्रतियोगितामा एनप्याबसन जिल्लाभरका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतिस्पर्धात्मक वातावरणबीच सम्पन्न प्रतियोगितामा हिमालय इंगलिस स्कुलका विद्यार्थीहरूले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्न सफल भएका थिए।
विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यार्थीहरूको उत्कृष्ट सफलतामा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्तै उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरे। साथै, विद्यालय व्यवस्थापन समितिले विद्यार्थीहरूलाई कला, संस्कृति तथा अन्य अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै उनीहरूको बहुपक्षीय विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक, तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले विजयी विद्यार्थीहरूको प्रशंसा गरेका थिए। यस उपलब्धिले विद्यालयको शैक्षिक तथा सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी हिमालयले हस्त लेखन प्रतियोगिता तर्फ जुनियर अंग्रेजी हस्त लेखनमा द्दितीय र नेपालीमा हस्त लेखनमा सान्त्वना भयो भने जुनियर तर्फ चित्रकला प्रतियोगितामा द्धितीय भएका थिए।
