एनप्याब्स मोरंगको जिल्ला स्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

एलएन गच्छदार / माघ १६ गते
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) मोरंगले आयोजना गरेको जिल्ला स्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। जस मध्ये राष्ट्रिय तथा लोक नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, हस्त लेखन प्रतियोगिता, बिज्ञान प्रदर्शनी रहेको थियो।

राष्ट्रिय तथा लोक नृत्य प्रतियोगिता अन्तर्गत जुनियर तर्फ उत्कृष्ट प्रथम स्थानमा हिमालय इंगलिस स्कुल सुन्दरहरैंचा, दोस्रोमा अभा इंगलिस स्कुल बुढीगंगा , तेस्रोमा मोरंग चिनारी बेलबारी र सान्तवनामा मोदरल्यांड इंगलिस स्कुल सुन्दरहरैंचाले प्राप्त गरे।
त्यसै गरी सोहि विधामा सिनियर तर्फ डेल्टा इंगलिस स्कुल बेलबारी प्रथम, श्री इन्द्रपुर सेकेण्डरी स्कुल सुन्दरहरैंचा दोस्रो, कालीदेबी सेकेण्डरी स्कुल तेस्रो र बुद्ध इंगलिस स्कुल ग्रामथान सान्तवना स्थान हासिल गरे।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) मोरंगमा आवद्ध विद्यालयहरूमा विद्यार्थीहरूको प्रतिभा पहिचान गर्न आयोजना गरिने विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
अर्को तर्फ बिज्ञान प्रदर्शनी तर्फ मनकामना सेकेण्डरी इंगलिस स्कुल प्रथम, श्री इन्द्रपुर सेकेण्डरी स्कुल सुन्दरहरैंचा दोस्रो र डेल्टा इंगलिस स्कुल बेलबारी तेस्रो स्थान हासिल गरे भने सातन्वनामा जुनियर तर्फ ग्रीन पिस बिराटनगरले प्राप्त गरेका छन।
यो कार्यक्रम विद्यार्थीहरूका शैक्षिक, सांस्कृतिक, र सिर्जनात्मक क्षमताहरू पहिचान गर्न आयोजना गरिएको थियो। विद्यालयका विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका थिए भने शिक्षक, अभिभावक, र विद्यालय प्रशासनले कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका खेले। विजयी विद्यार्थीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरेको थियो।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एनप्याब्सन) कोशी प्रदेश सह-सचिव कमल खनालले प्रतिभावान विद्यार्थीहरूको पहिचान र विकास गर्न यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले भने, “विद्यार्थीहरूमा लुकेका क्षमताहरू उजागर गर्न अवसर दिनु आवश्यक छ। यस्ता प्रतियोगिताले उनीहरूलाई आत्मविश्वास र सिर्जनात्मकता अभिवृद्धि गर्न मदत गर्छ।”
सो अवसरमा सुन्दरहरैंचा नगर शिक्षा समिति संयोजक तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले शिक्षामा गरिएको लगानी सबैभन्दा प्रभावकारी र दीर्घकालीन लगानी भएको भन्दै सबै मिलेर शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन प्रतिबद्ध बन्नु पर्ने बिषयमा जोड दिए।

एन प्याब्सन मोरंग अध्यक्ष नारायाण ढकालले यस्ता किसिमको कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न, आत्मविश्वास वृद्धि गर्न, र भविष्यमा उनीहरूलाई सक्षम व्यक्तित्वको रूपमा विकास गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । आगामी वर्षहरूमा पनि यस्तो कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *