क्वेष्ट इंगलिस सेकेण्डरी स्कूलको १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

मोरङको सुन्दरहरैंचा नगरपालिका–८, सलकपुरमा अवस्थित क्वेष्ट इंगलिस सेकेण्डरी स्कूलले आफ्नो १५औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गायन, नाटक, तथा विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यालयका प्रिन्सिपल दिपक क्षेत्रीले विगत १५ वर्षदेखि विद्यालयले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताए।

सो अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। अभिभावकहरू, शिक्षक-शिक्षिका तथा स्थानीय व्यक्तित्वहरूको विशेष उपस्थितिले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो।

विद्यालय व्यवस्थापन समितिकाले विद्यालयको आगामी योजना तथा शैक्षिक सुधारबारे जानकारी गराउँदै अभिभावकहरूलाई विद्यालयसँग निरन्तर सहकार्य गर्न आग्रह गरे।

कार्यक्रममा विद्यालयका शिक्षकहरू, अभिभावक, विद्यार्थी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *