हिमालय एङ्ग्लिस स्कुलका विद्यार्थीहरूले रोपे हसिना सिमसारमा फलफूलका बिरुवा

बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको हिमालय एङ्ग्लिस स्कुलले वडा नं ५ मा पर्ने हसिना सिमसारमा फलफूलका बिरुवा रोपेका छ। 

नमुना सामुदायिक वन क्षेत्र भित्र रहेको पर्यटकीय क्षेत्र हसिना सिमसारमा तीन हजार फलफूलका बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत सोमबार हिमालय एङ्ग्लिस स्कुलका प्रिन्सिपल कमल खनालले करिव ३० जना विद्यार्थीहरू लिएर बिरुवा रोप्न पुगेका थिए। 

विद्यार्थीहरूले सिमसारमा करिव १५० वटा फलफूलका बिरुवा रोपेको प्रिन्सिपल खनालले बताए। सिमसारमा रहेका बाँदर, दुम्सी बँदेल, मृग लगायतले बाली जंगलमै फलफूलका बोट बिरुवा लगाइदिए जंगली जनवारहरुले  गाउँ परेर दुख दिंदैन भनेर आफ्नो स्कुलले पनि यहाँ आएर फलफूलका बिरुवा रोपेको उनले बताए। 

पृथ्वी मानिस लगायत सवै जीवजन्तुहरुको समेत घर भएको बताउदै उनले उनीहरुको बाँच्ने अधिकार संरक्षण गर्नु सबैको दाहित्व रहेको बताए। पछिल्लो समय हिमालय स्कुल सामाजिक काम लगायत अन्य एस्ट्रा गतिविधि गर्नमा निकै अगाडी रहेको छ। 

हसिना सिमसार क्षेत्रको पछिल्लो समय विकासले गति लिएको छ भने सिमसार क्षेत्रलाई कोशी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *