सभापोखरी गाउँपालिकाको एम्बुलेन्स चालकमाथि कुटपिट,

सभापोखरी गाउँपालिकाको एम्बुलेन्स चालकमाथि कुटपिट, दोषीलाई कारबाही नभए सेवा ठप्प पार्ने कर्मचारीहरुको चेतावनी

योगेन्द्र योगी
संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकाको एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । बुधबार दिउसो १:३० बजे गाउँपालिकामा कार्यरत एम्बुलेन्स चालक आइत बहादुर राईलाई कुटपिट गरेको गाउँपालिकाले जनाएको छ ।

एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा गाउँपलिका वडा नम्बर – ६ ठेगाना भएका अन्दाजी २२र २४ बर्षका बोलाउने नाम पर्वत राई र समीर राई रहेका दुई जना व्यक्ति गाउँपालिका वडा नम्बर – ६ को नँयावस्तीमा कुटपिट गरेको भन्दै पालिकामा कार्यरत कर्मचारीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कर्मचारीहरुले एक बिज्ञप्ति जारी गर्दै राष्ट्रसेवक कर्मचारीलाई एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सार्वजनिक स्थलमा गरेको कुटपिट तथा गैरकानुनी कार्यले कुनै पनि स्थानमा कर्मचारी सुरक्षित नभएको महशुस भएको जनाएको छ ।

प्रचलित कानुनको अधिनमा रहि गाउँपालिकाले निर्माण गरेको नीति, कार्यक्रम कार्यन्वन गर्ने कर्मचारीहरुको दाहित्व भएको कर्मचारीलाई यस प्रकारको कुटपिट तथा दुर्व्यहार गरिएको कारण सम्पूर्ण कर्मचारीहरूलाई असुरक्षा महशुस भएकाले सहज कार्यस्थलको वाताबरण बनाउन र घटनामा संगग्न दोषी माथि कानुनी अनुसन्धान गरी कारबाही गर्न समक्ष जोडदार माग गरिएको जनाएको छ।

साथै दोषीलाई उचित कारबाही नभएको खण्डमा कर्मचारीहरूबाट दिंदै आएको सेवा ठप्प पार्ने चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *