रास्वपा कोशीको चुनाव हारेपछि गोमा तामाङको राजनीति त्याग घोषणा

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिको निर्वाचनमा पराजित भएपछि नेतृ गोमा तामाङ ‘सरिन’ले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्।

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमार्फत उनले राजनीति छोड्ने निर्णय सुनाउँदै मतदाताप्रति आभार व्यक्त गरेकी छन्।

कोशी प्रदेश सभापति पदमा चन्द्रबहादुर राई २८० मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ सरिनले १४१ मत प्राप्त गरिन्। अन्य उम्मेदवार चन्द्रकुमार गौली ‘निरज’ले २७ तथा डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *