नगरबाट २ लाख नगद सहित सिद्धार्थ मावि सम्मानित
राष्ट्रिय लोक नृत्य प्रतियोगितामा नेपाल प्रथम हुने मोरंग सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको सिद्धार्थ माध्यमिक बिधालयलाई नगरले सम्मान गरेको छ।नगरपालिकाले १२ औं नगर अधिवेशनबाट नगद २ लाख सहित सम्मान गरेको हो ।
नगरपालिकाको समेत शिर उँचो बनाएकोमा आगामी दिनमा यस नगरकै उत्कृष्ट संस्थागत विद्यालयको रुपमा निरन्तरता प्राप्त गर्न सकोस भन्ने सुभेच्छाका साथ विद्यार्थी र विद्यालयको उज्वल भविष्यको कामनासहित सुन्दरहरैचा नगरपलिकाको १२औ नगरसभा – २०८० को अवसरमा नगद दुई लाख सहित सम्मानपत्रले शुसोभित गरिएको हो ।
नगर प्रमुख केदार प्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र प्रमुख प्रसाशाकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले संयुक्त रुपमा बिधालयका प्रिन्सिपल अर्जुन बस्नेतलाई सम्मानपत्र सहित नगद हस्तान्तरण गरेको हो।
सीप, संस्कार र प्रविधिसहितको शिक्षा आजको आवश्यकता भन्ने विषयलाई मूलमन्त्रको रूपमा ग्रहण गर्दै विद्यार्थीी भित्रको प्रतिभा पहिचान गरेर व्यक्तित्व तथा नेतृत्व विकास गर्ने थलोको रुपका सञ्चालित सुन्दरहरैचा नगरपालिका वडा नं. १० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शैक्षिक सत्र २०७२ मा निजी तथा आवासीय विद्यालय अगनाइजेशन नेपाल (प्याब्सन) द्वारा आयोजित लोक नृत्य प्रतियोगितामा किसान नृत्य प्रदर्शन गरेर नगर स्तरमा प्रथम, जिल्ला स्तरमा प्रथम प्रदेश स्तरमा प्रथम हुँदै पोखरामा आयोजित राष्ट्रिय प्रतियोगितामा समेत प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो।