सुन्दरहरैंचामा सनसाइन र बिराट एकेडेमीका बिद्यार्थीले संयुक्तरूपमा धान रोपेर मनाए ” असार १५”

एलएन गच्छदार, शिव भट्टराई
असार, १५ असार । 

सुन्दरहरैंचा नगरपालिका वडा -११ बेलेपुरमा रहेको सनसाइन एकेडेमी र सोही नगरपालिकामा रहेको बिराट एकेडेमी चाइल्ड केयर सेन्टरका बिद्यार्थी र शिक्षकले  संयुक्त रुपमा सद्भाव र ब्यबहारिक सिकाइ संगै असार १५ अर्थात राष्ट्रिय धान दिवस  मनाएका छन।


कितावी ज्ञानमात्र नभएर ब्यबहारिक ज्ञानमा जोड दिनका लागि खेतमै लगेर धान रोप्न सिकाई गरेको  बिराट एकेडेमी चाइल्ड केयर सेन्टरका संस्थापक प्रिन्सिपल भिम अधिकारीले बताए ।

असार १५ राष्ट्रिय धान दिवसको अवसरमा बिद्यार्थी र शिक्षकले रमाएर किसानको खेतमा धान रोपेर धान दिवस मनाएका छ्न ।

आफ्ना बिद्यार्थीलाई कृषि सम्बन्धि ज्ञान प्रदान गर्न तथा बिद्यार्थीले सिकेका सिपलाई ब्यबहारमा लागु गर्न कार्यक्रम गरिएको  सनसाइन एकेडेमीका संस्थापक प्रिन्सिपल सुरेश खवासले जानकारी दिए ।

नगरले फरक तरिकाले धान दिवस मनाएपनी  बिद्यार्थीलाई समेत समावेश गराए जानू पर्ने बिषयमा जोड दिदै अगामी दिनमा  ध्यानदिनु पर्ने आवश्यक रहेको  प्रिन्सिपल खवासले बताए।


किताबी ज्ञान मात्र होइन श्रम गर्ने बानी हट्दै गएको अवस्थामा  सानै देखि श्रम र सिपको बिकास गर्न र बानी बसाल्न  कार्यक्रम अयोजना  गरिएको हो।

सो बिधालयका शिक्षिका बिद्या चौधरीले घरमा धान  रोपाई गर्दै आएकोमा शिक्षक तथा बिद्यार्थीहरुसँग सामुहिक रुपमा धान रोप्दा आफुलाई बेग्लै रमाईलो भएको भन्दै खुसी ब्यक्त गरिन् ।

यसरी बिद्यार्थीहरुलाई किताब ज्ञान संगै  सीप र ब्यहारिक शिक्षा दिन आज आवश्यकता समेत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *