हरैंचा मोडेलको २१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भब्यरुपमा सम्पन्न

एलएन गच्छदार
चैत्र ३० गते,

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१ मा रहेको हरैंचा मोडेल सेकेण्डरी इंगलिस स्कुलले आफ्नो २१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भब्यरुपमा सम्पन्न गरेको छ ।

हरैंचा मोडेलले बालबालिकाको प्रतिभा क्षमता बिकास गर्न गायन तथा नृत्य, शिक्षक तथा अभिभावकको प्रतिभा प्रष्पुटन लगायत विभिन्न समुदायको संस्कृति झल्किने नृत्य प्रस्तुति, बालबालिका र अभिभावक, शिक्षकको भुमिकासंगै सचेतनामुलक नाटक प्रस्तुत पुरस्कार बितरण तथा सम्मान लगायत विविध कार्यक्रम गरी सम्पन्न गरेको छ।

साथै सो कार्यक्रममा कलाकार प्रितम आचार्यको विशेष प्रस्तुति समेत रहेको थियो।

विद्यालयका प्रबन्धक निर्देशक तथा संस्थापक संचालक घनश्याम रिमालको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा औपचारिक उदघाटन नगर उप्रमुख अकली चौधरीले गर्नुभयो।

सुन्दरहरैंचा नगरपालिकामा शैक्षिक हबको रुपमा बिकास हुँदै शैक्षिक प्रतिष्ठानहरु अझै स्थापना भैरहेको छ । धेरैको रोजाइ सुन्दरहरैंचा बनेको हुँदा नगरमा रहेको संस्थागत विद्यालयहरु मध्ये काठको घरबाट पठनपाठन सुरु गरेको विद्यालयको हाल आफ्नै सुविधायुक्त भौतिक संरचना सहित हरैंचा मोडेल नगरमा दक्षिण भेगको अबल र नमुना विद्यालयको रुपमा रहेको मानिन्छ।

गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै देश निर्माणमा दक्ष जनशक्ति उत्पादन गर्न समेत हरैंचा मोडेलले राष्ट्रलाई योगदान गरिरहेको प्रवन्ध निर्देशक तथा संचालक घनश्याम रिमालले बताउनुभयो।

साथै रिमालले बिज्ञान र प्रविधिमैत्रीपुर्ण युगमा शिक्षालाई व्यवस्थित गर्न सोही अनुरुप व्यवहारिक र संस्कारयुक्त शिक्षामा हरैंचा मोडेल अघि बढेको धारणा ब्यक्त गर्नुभयो।

पढेर मात्र होइन विभिन्न किसिमका अतिरिक्त क्रियाकलापमा अब्बल रहेको सो विद्यालयमा कक्षा -१२ सम्म पठनपाठन हुँदै आएको छ । विधालयले प्राविधिक धारणको शिक्षा अन्तरगत होटेल मेन्जेमेन्ट,कम्पुटर साइन्स, मेनेजमेन्ट लगायतको संकायमा पठनपाठन गर्दै नगरको शैक्षिक क्षेत्रमा समेत योगदान पुर्याउदै आएको छ।
बिबिए सेकेन्ड सेमेस्टारमा ४ जिपिए ल्याएर नेपाल प्रथम हुने सुकुना बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा सबिना बिश्वास समेत हरैंचा मोडेलबाट एसइइ दिएकी थिइन ।

सिकेका कुराहरुको ज्ञान रहेन भने सिकेको अर्थ नहुने भन्दै पढाई संगै अतिरिक्त क्रियाकलाप र ब्यबहारिक शिक्षालाई समेत जोड दिदै अघि पढेको प्रिन्सिपल रुद्र थापाले बताउनु भयो। प्रिन्सिपल थापाले हरैंचा मोडेलको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै भौतिक पुर्वाधार बिकास संगै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले रचनात्मक भुमिका खेल्दै आएको बताउनु भयो। थापाले कार्यक्रममा सम्बोधन गर्दै हाल विद्यार्थी भर्ना अभियान तथा नयाँ शैक्षिक सत्र सुरु हुंदा आ-आफ्नो विद्यालयमा विद्यार्थी ल्याउन विभिन्न प्रलोभन पार्ने गरी अस्वथ्य प्रतिष्पर्धा भइरहेको अवस्थामा अभिभावकलाई भ्रममा नपर्न अनुरोध गर्दै सचेत हुन समेत आग्रह गर्नुभयो।

साथै हरैंचामोडेल नगरको दक्षिणी भेगको एक अबल विद्यालयको साथै अभिभावकको रोजाइमा परेको हुंदा यहाँ नगरको मात्र होइन छिमेकी पालिका ग्रामथान, वुढिगंगा लगयात क्षेत्रबाट आफ्नो भबिष्य निर्माण गर्न विद्यार्थी अध्ययनका लागी आउने गरेका छन।

सो अवसरमा होटेल मेनेजमेन्टका विद्यार्थीको फुड स्टल, विद्यार्थीले शैक्षिक ज्ञान हासिलसंगै निर्माण गरेको विविध समाग्री प्रदर्शनी लगायत रहेको थियो।

साथै कक्षामा पहिलो दोस्रो तेस्रो हुनेलाई विद्यार्थीलाई छात्रवृत्ति, पढाइसंगै विभिन्न विद्यामा उत्कृष्ट हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण समेत गरेको थियो।

सो अवसरमा नगर शिक्षा शाखा प्रमुख लिला ओझा, सुकुना बहुमुखी क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, शिक्षाप्रेमी शान्तिराम गौतम, गोपाल पाठक, सो क्षेत्रका स्थानिय समाजसेवी तथा बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ