झापाको पंचकन्या पाथिभरा मन्दिरमा नवहा ज्ञान महायज्ञ हुँदै


झापा बैशाख ३ गते

प्राचीन तथा ऐतिहासिक महत्व बोकेको झापाको कनकाई नगरपालिका स्थित श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

सो नगरपालिका वडा -२ मा रहेको पंचकन्या पाथिभरा मन्दिर पर्यटकी स्थल जामुनखाडीमा धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरी मुलुकको समृद्धिमा समेत योगदान पुर्‍याउने उद्देश्यका साथ सो महायज्ञ आयोजना गरिको हो। 

महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक एवम मन्दिर निर्माता तथा कानुनविद राजेन्द्र कुमार विष्टले चैत्र २७ गते देखि बैशाख ५ गतेसम्म आयोजना हुने महायज्ञ संचालन भइरहेको जनाएको छ। 

राजेन्द्र कुमार बिष्ट, उहाँको धर्मपत्नी युवकला बिष्ट छोरी डा. रोषी बिष्ट र छोरा आरोग्यजङ्ग बिष्टले सिकैचा गा.वि.स.- २, सेखेवा, ताप्लेजुङ्ग निवासी भुत्पुर्व प्रधान पंच स्वर्गिय पिता दिल बहादुर विष्ट माता स्वर्गिय कमला देवि विष्टको स्मृतिमा पन्चकन्या पाथिभरा देवी मन्दिर तथा सो परिसर निर्माण गरिदिएको मन्दिर आजिवन सदस्य सुरज बिष्टले जानकारी दिएका छन। विष्ट परिवारले दुई करोड तेहलाख उनान्चालीस हजार तिन सय वाईस रुपैयाँ निजि लागतमा सो मन्दिर निर्माण गरिएदिएको हो।

शनिबार कोसी प्रदेशका सभामुख माननीय अम्बरबहादुर विष्टको गरिमामय उपस्थिति संगै पाथिभरा मन्दिरको दर्शन गर्दै नवाहा ज्ञान महायज्ञलाई सम्बोधन गर्दै तिर्थ गर्न भारतका विभिन्न ठाउँमा गएपनि नजिकै तिर्थस्थल निर्माण भएपछि राजेन्द्र जस्ता समाजिक व्यक्तित्वको प्रंसशा गर्नुभयो।

पर्यटकीय एवं रमणीय स्थल जामुनखाडी सिमसारमा निर्मित जगत जननी जगतमाता पञ्चकन्या पाथिभरा देवी मन्दिर परिसरमा प्रमुख कथा ब्यास ब्यासरत्न, ब्यासभूषण पण्डित डिल्लीराम गौतम प्रमुख कथावाचक रहेको सो ज्ञान महाज्ञमा सुमधुर संगीतमय कथाबाचन हुँदै छ भने उपव्यास पण्डित नविनचन्द्र घिमिरेले पाठपारायण गर्नुहुदैंछ।

मुल समारोह समित सचिव मिलन सुब्बाले श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञमा सहभागी भई सकेको इच्छादान सहयोग गर्दै पुराण श्रवण गरिदिनुहुन समस्त भक्तजन प्रेमीहरुप्रति अनुरोध गरेका छन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ